News Category 2072/11/21
लागुऔषध दुरव्यसनी बिरुद्ध जनचेतनामूलक ¥याली
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
दिनदिनै बढ्दै गएको लागुऔषध दुरव्यसनीको संख्यालाई कम गराउने उद्देश्यले बिहिबार सप्तरीका सरोकारवालाहरुको सक्रियतामा सदरमुकाम राजविराजमा बृहत जनचेतना ¥याली प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयको संयोजनामा स्थानीय राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा अधिकारकर्मीहरुको सक्रियतामा लागु औषध सेवन गर्न नहुने भनि चेतना फैलाउन बृहत्त ¥याली प्रदर्शन गरिएको हो ।
सोही क्रममा सप्तरीमा चाँडै लागुऔषधको लतमा पल्केकाहरुलाई सुधार्न जिल्ला रेडक्रसको सक्रियतामा सुधार केन्द्र निर्माण हुन लागेको जानकारी गराईएको थियो । यस्तै स्३ महिने प्रहरी नागरिक मैत्री अभियानको उद्घघाटन पनि सोही ¥याली मार्फत जिल्ला प्रहरी कार्यालय सप्तरीले ग¥यो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको नेतृत्वमा गरिएको उक्त चेतना ¥यालीमा सप्तरीस्थित सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका पदाधिकारी, अधिकांश राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधीसहित सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
आन्दोलनका क्रममा जिल्लामा रहेका सुरक्षाकर्मीहरु आन्दोलन नियन्त्रणमा केन्द्रित रहेको मौकामा अपराधिक क्रियाकलाप मौलाउँदै गएकोले प्रहरी नागरिक मैत्री अभियान थालिएको सप्तरीका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिनुहुँदै उहाँले यो अभियान जिल्ला प्रहरी र मातहतका ईलाका प्रहरी र प्रहरी चौकीहरुले समेत स्थानीय स्तरमा समन्वयन गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने बताउनुभयो ।
यता जिल्लाको शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवा स्थित सात विगहा जग्गा नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । करिब सात करोड रुपैयाँ पर्ने उक्त जग्गामा लागु औषध दुब्र्यसनमा परेर असाधारण जीवन जीउन वाध्य युवा–युवतीलाई लक्षित गरी एक वर्षभित्र सप्तरीमा सुधार गृह निर्माण भईसक्ने सप्तरीका प्रहरी नायव उपरीक्षक दानवहादुर कार्कीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ