News Category 2072/11/21
नगरपालिका कर्मचारीद्वारा अधिकृतले गरेको कामको छानबिनको माग
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन राजविराजका कर्मचारीहरुले नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले मनोमानी ढङ्गबाट गैर कानुनी काम गरेको भन्दै आवश्यक छानविन गर्नुपर्ने माग गरेको छ ।
कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवद्वारा नगरपालिकाका अधिकृत गुरुङ्ग विरुद्ध कार्यवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टमार्फत बिहिबार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, पुर्व मेयर, राजनैतिक दलका प्रतिनिधि र पत्रकारहरुलाई समेत बोधार्थ गरी ज्ञापन पत्र बुझाएका हुन ।
बुझाएको ज्ञापन पत्रमा आर्थिक वर्ष २०७१÷०७२ तथा ०७२÷०७३ को हटिया ठेक्का र सवारी ठेक्का बिना धितो ठेक्कामा दिएकोले छानबिन गरी कार्यवाही गर्नुपर्ने, नगर सभा हलको भवन बिना प्रक्रिया भत्काई सामग्रीहरु लगभग ३० लाखको कहाँ कसलाई दिएको हो भनि छानबिन गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै एउटै कामलाई तिन चार वटा ठेकेदारबाट कोटेशन गरी नगरपालिकाको दक्षिणतर्फको पसल कबल निर्माण गरेकोले सत्यतथ्य छानबिन हुनुपर्ने, कार्यालय हाताभित्र ५ लाखको वृक्षारोपण कार्यक्रम स्थलगत निरीक्षण गरी के कहाँ छ हेर्नुपर्ने, योजनाहरुमा जे.सि.भी. ट्याक्टरहरु प्रयोग गरी अथाह रुपमा इन्धन दिएकोमा छानबिन हुनुपर्ने, वातावरण मैत्री बण कार्यक्रम ५ लाखको सत्यतथ्य छानविन गर्नुपर्ने, कोशी खेतिमा ५० हजार स्थलगत निरीक्षण गर्नुपर्ने लगायतका विभिन्न २६ बुँदे माँगहरु अघि सारिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ