News Category 2072/11/22
स्वतन्त्र मधेशका तीन कार्यकर्ता अदालतको आदेशमा रिहा ६ जना विशेष अदालतको आदेशमा हिरासतमै
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
गत फागुन ९ गते शान्तिपूर्ण ¥याली प्रदर्शनका क्रममा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका तीन कार्यकर्ताहरु शुक्रबार अदालतको आदेशमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेका सप्तरीको मलेकपुर गाविस–६ खुरहुरियाका अनिल कुमार ठाकुर, भारदह गाविस ५ का लालविहारी साह, र कटैया गाविस ६ का महेश शर्मा पुनरावेदन अदालत राजविराजको आदेशमा रिहा भएका हुन् । पक्राउ परेकाहरुलाई रिहाईको माग उनीहरुको तर्फबाट सप्तरीको फर्सैठ गाविस ६ का चन्द्रनारायण यादवले अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
स्वराजीहरुको तर्फबाट अधिवक्ता महेन्द्र प्रसाद चौधरी, रामजी साह, नवीन सिंहलगायतका कानून व्यवसायीहरुले बहस गरेका थिए । यता प्रहरी हिरासतमा रहेका गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी, मो. उस्मान र बुधेश्वर मण्डललाई राज्य विरुद्धको अपराध मुद्दामा गत मंगलवार विशेष अदालत काठमाण्डौंबाट अनुसन्धानकालागि १२ दिनको म्याद थप गराई हिरासतमै राखिएको छ ।
भारदह स्थित वि.पी. माध्यमिक विद्यालयमा गठबन्धनद्वारा फागुन ९ गते आयोजित कार्यक्रम स्थलबाट प्रहरीले पक्राउ गरेका सब–इञ्जिनियर श्यामसुन्दर मण्डल, भोगेन्द्र शर्मा र सुरेन्द्र मण्डललाई समेत सोमवार विशेष अदालतबाट १२ दिनको म्याद थप गराई हिरासतमा राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ