News Category 2072/11/22
हात्तिपाइले रोग निवारणको औषधी फागुन २९, ३० र चैत १ गते खुवाइदै
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
विगत तीन वर्षदेखि हात्तिपाईले रोग निवारणको औषधि सेवन गर्ने जिल्लाहरुमा सप्तरी मुलुकमै प्रथम हुँदै आएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा शुक्रबार आयोजित हात्तीपाईले फाईलेरिया रोग निवारण कार्यक्रम २०७२ सम्बन्धि पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झाले सो जानकारी दिनुभयो ।
सन २००३ मा नेपालको पर्साबाट उक्त हात्तिपाईले रोग निवारण कार्यक्रम संचालनमा आएको तथा विगत तीन वर्षदेखि सप्तरी पहिलो स्थानमा हात्तिपाईले रोग निवारणको औषधि सेवन गर्ने जिल्लाको रुपमा स्थान कायम गर्न सफल भएको हो ।
उहाँले यसअघि ५ पटकसम्म हात्तिपाईले रोग निवारणको औषधि सप्तरीबासीहरुले खाईसकेको तथा ३ पटक सम्म सप्तरी नेपाल अधिराज्यमै सबैभन्दा बढी औषधि खाने जिल्लाको रुपमा चिनाउन सफल भएको बताउँनुभयो ।
मुलुकको कपिलवस्तु जिल्लामा ८ पटक सम्म हात्तिपाईले रोग निवारणको औषधि खुवाईएपनि सो जिल्ला फेल भएको अवस्थामा सप्तरी पछिल्लो तिन पटक सम्म पहिलो स्थानमै रहेको प्रमुख झाले जानकारी दिनुभयो । झाले पहिलो पटक २०६७ सालमा ८५.८ प्रतिशत, २०६८ सालमा ८१ प्रतिशत, २०६९ सालमा ८८.१६ प्रतिशत, २०७० सालमा ९४.३२ प्रतिशत तथा २०७१ सालमा ९५.१५ प्रतिशत जनताले हात्तिपाईले रोग निवारणको औषधि सेवन गरेको जानकारी दिनुभयो ।
त्यस्तै सप्तरीका ६ लाख ४० हजार ४ सय १९ जनालाई यही फागुन २९, ३० र चैत्र १ गतेदेखि तीन दिनसम्म हात्तिपाईले रोग निवारण कार्यक्रमको औषधि खुवाउँने कार्यक्तम रहेको छ ।
आयोजित पत्रकार सम्मेलनमा फाल्गुन २९ गते नजिकको पायक पर्ने स्वास्थ्य केन्द्र तथा बाँकी दुई दिन सर्वसाधारणहरुको घर घरमा जिल्लाका ३ हजार ४ सय ४२ जना स्वास्थ्यकर्मीहरुले हात्तिपाईले रोग निवारणको औषधि खुवाउने जानकारी दिनुभयो ।
हात्तिपाईले रोग सरुवा रोग भएकोले सन २०२० भित्र हात्तिपाईले रोग निवारण तथा निर्मुल गर्ने उद्देश्यले अन्तिम चरणको कार्यक्रम अन्तर्गत छेठौ पटक सप्तरीमा सो औषधि खुवाउन लागेको प्रमुख झाको भनाई रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ