News Category 2072/11/22
पशुले चालु आर्थिक वर्षमा ३ करोड बढीको विभिन्न कार्यक्रमहरु संचालन गर्ने
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
जिल्ला पशु सेवा कार्यालय सप्तरीले चालु आर्थिक वर्षमा ३ करोड ३३ लाख ६९ हजारको विभिन्न कार्यक्रमहरु संचालन गर्ने भएको छ ।
जिल्ला पशु सेवा कार्यालयमा शुक्रबार आयोजित पशु सेवा सम्बन्धि कार्यक्रमहरुको बजेट सार्वजनिकीकरण कार्यक्रममा कार्यालय प्रमुख डा.काशीनाथ यादवले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार कार्यालयले गोठ सुधार गर्नको लागि उपचार सेवा, प्रयोगशाला, जनचेतनामुलक कार्यक्रम, कृत्रिम गर्भाधान लगायतका कार्यक्रमहरु संचालनमा ल्याउँने जानकारी दिनुभयो ।
यसैगरी सप्तरीको त्रिकोल, मधवापुर, कंचनरुप नगरपालिका, महुली, कोईलाडी, कोचाबखारी, छिन्नमस्ता लगायतका विभिन्न सेवा केन्द्रहरु मार्फत जिल्लाको ८० विगहा जग्गामा घाँस उत्पादन कार्यक्रम संचालन गरेको तथा त्यसका लागि किसानहरुलाई निशुल्क रुपमा घाँसको विउ प्रदान गरेको बताउनुभयो ।
त्यस्तै व्यवसायीक पशुपालन तर्फ अहिले सप्तरीका किसानहरुको उत्साह बढ्दै गएको छ । सरकारले निःशुल्क रुपमा अनुदान प्रदान गरेपछि यहाँका किसानहरुको उत्साह बढेको हो । यता युवा लक्षित कार्यक्रम अन्तर्गत जिल्ला पशु सेवा कार्यालय मार्फत तथा पशु सेवा केन्द्र क र ख मार्फत कार्यक्रमहरु संचालन गर्दै आएको जसमा गाई भैसीको फार्म स्थापना लगायतका कार्यक्रमहरु रहेको छ ।
त्यस्तै साना डेरीमा ५ देखि १० वटा गाई भएको फार्ममा सरकारले २ लाख अनुदान तथा मझौला डेरीलाई ११ देखि ५० वटा गाई भएको फार्मलाई ४ लाख सम्म अनुदान दिई युवा लक्षित कार्यक्रम संचालन हुने प्रमुख डा.यादवले जानकारी दिनुभयो ।
सो कार्यक्रममा स्थानीय विकास अधिकारी प्रदीप बहाुदुर सिंह यादव, जिल्ला भुसंरक्षण कार्यालयका प्रमुख विष्णु बहादुर भण्डारी, जिल्ला कृषि विकास कार्यालयका भगिरथ यादव, महिला तथा बालबालिका कार्यालयकी सुशिला चौधरी, नेपाल पत्रकार महासंघका कावा अध्यक्ष श्रवण कुमार देव, युवा पत्रकार शुभ नारायण यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ