News Category 2072/11/26
काँग्रेस सभापतिमा शेरबहादुर, महामन्त्रीमा सशांक र कोषाध्यक्षमा सीतादेवी
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
नेपाली काँग्रेसको सम्पन्न १३औं महाधिवेशनबाट सभापतिमा शेर बहादुर देउवा, महामन्त्रीमा डा. सशांक कोइराला र कोषाध्यक्षमा सितादेवी यादव बिजयी हुनुभएको छ ।
दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतको अन्तरले हराउँदै देउवा सभापति बन्नुभएको हो ।
सोमबार राति सकिएको मतगणना परिणामअनुसार देउवाले १८२२ मत प्राप्त गध स्र्नुभयो भने पौडेलले १२९६ मत ल्याउनुभयो । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुनःनिर्वाचन भएको हो ।
५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार देउवाले पहिलो चरणमा आवश्यक बहुमत सकेनन् । त्यसैले सोमबार भएको दोस्रो चरणको मतदानबाट देउवा सभापति चुनिनु भएको हो ।
यस्तै कांग्रेस महामन्त्रीमा सशांक कोइराला निर्वाचित हुनुभएको छ । उहाँले अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै महामन्त्री निर्वाचित हुनुभयो । उहाँ रामचन्द्र पौडेल समूहबाट चुनाव लड्नु भएको थियो । कोइरालाले १३४७ मत ल्याउनु भएको छ भने केसीले ९८३ र अर्का उम्मेदवार गगण थापाले ५३७ मत प्राप्त गर्नुभयो । सशांक कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा हुन् ।
यस्तै पौडेल समूहकै कोषाध्यक्षमा सीतादेवी यादव कोषाध्यक्षमा बिजयी हुनु भएको छ । उहाँले देउवा पक्षका निवर्तमान कोषाध्यक्ष चित्रलेखा यादवलाई ८ मतको अन्तरले हराउनु भएको हो ।
उहाँले १२१७ मत ल्याउनु भयो भने पराजित चित्रलेखा यादवले १२०९ मत प्राप्त गर्नुभयो । यता केन्द्रिय सदस्यहरुको मतगणना बुधबारदेखी सुरु हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ