News Category 2072/11/26
सभासद् पोखरेलले भूमिहिनहरुको घर भत्काए
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित धरमपुरमा सोमवार मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद सुबोध पोखरेलले आफ्नो मेरो जग्गा हो भन्दै ३० बर्षदेखि बसोबास गर्दै आएको सुकुम्बासी, गरिब दलितहरुको जेसेवी लगाएर घर भत्काउनु भएको छ ।
कञ्चनरुप नगरपालिका ८ स्थित धरमपुरमा दुःखिलाल सदाका घर भत्काइएको हो । डम्बर सदा, भरत सदा, मान बहादुर परियार समेतको घर भत्काउने क्रममा धरमपुरमा दलित अधिकारकर्मी डिक बहादुर विश्वकर्माले दलित, गरिब भुमिहिनहरुको घर नभत्काउन आग्रह गर्दै सभासद पोखरेलसँग दोहोरो झडप समेत परेको थियो । सोही क्रममा सभासद पोखरेलले दलितको दलाल भन्दै विभिन्न अभद्र गाली गलौज समेत गर्नुभयो ।
यसअघि ईलाका प्रहरी कार्यालय कञ्चनपुरले तत्कालका लागी घर नभत्काउन आग्रह गरेको थियो । छलफलबाट समस्याको समाधान खोज्नु पर्ने भन्दैं घर भत्काउन रोक लगाएको थियो । अस्पताल बनाउछु भन्दैं सभासद पोखरेलले तीन बर्ष अघि ती चार घर सुकुम्बासी, भुमिहिनहरु घर जग्गा समेत खरीद थिए ।
संविधानमा आवासको हकमा भनिएको बसोबास गरिएको कुनै पनि समुदाय नहटाउने भनेर उलेख्ख गरिएको छ । एक तर्फ संविधान, ऐन र कानुन बनाउने सभासद आफैं संविधान उल्लंघन गर्नुभएको स्थानियहरुको गुनासो छ ।
यता अर्को तर्फ भुमि अभियानकर्ता राजकुमार पासवानले नेपालमा ४० लाख भन्दा बढी दलित, गरिब, भुमिहिन, सुकुम्बासीहरु बसोबास गरिरहेको सुकुम्बासी, भुमिहिनहरुप्रति अन्याय भएको बताउनुभयो ।
उहाँले सभासदले जेसेभीे लगाएर भुमिहिन, सुकुम्बासीहरु बसोबास गरिरेको घर भत्काउने र डिक बहादुर विश्वकर्मालाई गाली गलौज गर्ने सभासदलाई कार्यवाहीका लागी सरकारसँग माग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ