News Category 2072/11/26
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अन्तरक्रिया सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
पुरुषवादी सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।
१०६औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मंगलबार एकीकृत नेकपा माओवादी निकटका अखिल नेपाल महिला संघ(क्रान्तिकारी)का महिलाहरुले राजविराजमा आयोजना गरेको ‘समानुपातिक समावेशी सहितको महिला अधिकार सुनिश्चित गरौं, भन्ने नाराका साथ महिला र पुरुषबीच अन्तरक्रिया कार्यक्रममा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
अनेमसंघ (क्रान्तिकारी) आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथी क्रान्तिकारीका प्रदेश न.ं–२ का संयोजक रुवी कर्णले महिलाहरुलाई अधिकारसम्पन्न बनाउनुका साथै समाजमा जरो गाडेर रहेका पुरुषवादी सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो ।
उहाँले वर्तमान संविधानले केहीहदसम्म महिला अधिकारलाई सम्बोधन गरेको भए त्यसको कार्यान्वयनमा चुनौति रहेको बताउनुभयो ।
अनेमसंघ क्रान्तिकारीका सचिव कविता ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला संयोजक असर्फी सदा, पार्टी क्षेत्र नं.१ का इन्चार्ज प्रदिप बस्नेत, क्षेत्र नं. २ का इन्चार्ज बसन्त मण्डल, क्षेत्र नं. ३ का इन्चार्ज भागवत यादव, मजदुर नेता केदार देव, महिला संचारकर्मी माला कर्ण, महिला संगठनका डोमनी देवी सदा, रिता चौधरी लगायतका बक्ताहरुले महिलाहरुमाथि हुने विभेदलाई अन्त्य गर्न सरकारले आवश्यक सहयोग गर्नुपर्ने जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ