News Category 2072/11/27
घुुस लिँदालिँदै प्रहरी निरिक्षक र जवान अख्तियाद्वारा पक्राउ
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित कडोरवोना इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक र प्रहरी जवानलाई घुुसलिँदा लिँदै बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रहरी निरिक्षक प्रेम बहादुर थापा र उनका सहयोगी सादा पोसाकका प्रहरी जवान अशोक कुमार यादव रहेका छन् ।
दुर्घटनाको मुद्दा मिलाइ दिन डेढ लाख घुस माग गरेको सूचना पाएपछि अख्तियारले फागुन २२ गतेदेखी नै उनीहरुलाई निगरानीमा राखेको अख्तियार श्रोतले बताएको छ ।
यता उनीहरुले सार्वजनिक विदाको दिन बनाइ उक्त रकम लिने सहमती भएको सुचना पाए पछि अख्तियारले वुधवार दिउँसो इलाका प्रहरी कार्यालय कडरवोनामा छापा मारि कार्यालयमै घुस लिदा लिदै पक्राउ गरेको हो ।
अख्तियार आएको प्रहरी निरिक्षक थापाले सूचना पाउने बित्तिकै घुस वापतको उक्त रकम प्रहरी जवान यादवलाई भान्सामा लुकाउन लगाएको र सोहि अनुसार खानतलासी गर्दा भान्सा कोठामा रकम भेटिएको अख्तियारले जनाएको छ ।
यता अख्तियारका पुर्वाञ्चल क्षेत्रिय प्रमुख डुल्लुराज बस्नेतले पक्राउ परेका दुवै जनालाई अख्तियारको पुर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीमा राखिएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ