News Category 2072/11/27
उद्योग मन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रमा विशेष प्याकेजको व्यवस्था ल्याउने प्रतिवद्धता
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
उद्योग मन्त्री सोमप्रसाद पाण्डेले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने जनाउँदै विशेष प्याकेजको व्यवस्था ल्याउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
सप्तरीको बसबिट्टि गाविसस्थित गजेन्द्र नारायण सिंह ओद्यौगिक क्षेत्रको बुधबार अनुगमन गर्दै मन्त्री पाण्डेले औद्योगिक क्षेत्रमा देखिएका समस्या बारेमा बुभ्mदै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको हो ।
उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानलगायतका टोलीले औद्योगिक क्षेत्रमा रहेका विविध समस्याका कारण उद्योगहरु संचालन हुन नसकेकोले सरकारका तर्फबाट आवश्यक सहयोग गर्न माग गर्नुभयो ।
सो टोलीमा एमालेका पोलीटब्यूरो सदस्य तथा सगरमाथ अंचल इन्चार्ज रामपृत पासवान, केन्द्रीय सदस्य बलदेव चौधरी, एमाले उदयपुरका अध्यक्ष ईश्वर मण्डल, उदयपुर सिमेण्ट उद्योगका चेयर म्यान विमल कार्की, एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने लगायतको सहभागीता थियो ।
त्यसैगरी राजविराजस्थित कर्मचारी मिलन केन्द्रमा नेकपा एमाले सप्तरीद्वारा आयोजित बृहत कर्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वकै उत्कृष्ट र परिवर्तनशिल संविधान मुलुकमा आएकोले यो संविधानमा हरेक जातजातीको हकअधिकार सुनिश्चितता हुने विश्वास ब्यक्त गर्नुभयो ।
एमालेका जिल्ला अध्यक्ष गोविन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा एमालेका पोलिट ब्युरो सदस्य रामप्रित पासवान, एमालेका जिल्ला सचिव शम्भु यादव, एमाले मोर्चा फाँट प्रमुख निरन्जन झा, एमाले उपाध्यक्ष अब्दुल मजिद साफिर लगायतकाहरुले पार्टीका कार्यकर्ताहरुलाई ईमान्दारीता पुर्वक काम गर्न निर्देशन समेत उहाँले दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ