News Category 2072/11/27
उद्योग मन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रमा विशेष प्याकेजको व्यवस्था ल्याउने प्रतिवद्धता
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
उद्योग मन्त्री सोमप्रसाद पाण्डेले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने जनाउँदै विशेष प्याकेजको व्यवस्था ल्याउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
सप्तरीको बसबिट्टि गाविसस्थित गजेन्द्र नारायण सिंह ओद्यौगिक क्षेत्रको बुधबार अनुगमन गर्दै मन्त्री पाण्डेले औद्योगिक क्षेत्रमा देखिएका समस्या बारेमा बुभ्mदै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको हो ।
उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानलगायतका टोलीले औद्योगिक क्षेत्रमा रहेका विविध समस्याका कारण उद्योगहरु संचालन हुन नसकेकोले सरकारका तर्फबाट आवश्यक सहयोग गर्न माग गर्नुभयो ।
सो टोलीमा एमालेका पोलीटब्यूरो सदस्य तथा सगरमाथ अंचल इन्चार्ज रामपृत पासवान, केन्द्रीय सदस्य बलदेव चौधरी, एमाले उदयपुरका अध्यक्ष ईश्वर मण्डल, उदयपुर सिमेण्ट उद्योगका चेयर म्यान विमल कार्की, एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने लगायतको सहभागीता थियो ।
त्यसैगरी राजविराजस्थित कर्मचारी मिलन केन्द्रमा नेकपा एमाले सप्तरीद्वारा आयोजित बृहत कर्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वकै उत्कृष्ट र परिवर्तनशिल संविधान मुलुकमा आएकोले यो संविधानमा हरेक जातजातीको हकअधिकार सुनिश्चितता हुने विश्वास ब्यक्त गर्नुभयो ।
एमालेका जिल्ला अध्यक्ष गोविन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा एमालेका पोलिट ब्युरो सदस्य रामप्रित पासवान, एमालेका जिल्ला सचिव शम्भु यादव, एमाले मोर्चा फाँट प्रमुख निरन्जन झा, एमाले उपाध्यक्ष अब्दुल मजिद साफिर लगायतकाहरुले पार्टीका कार्यकर्ताहरुलाई ईमान्दारीता पुर्वक काम गर्न निर्देशन समेत उहाँले दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ