News Category 2072/11/28
जनजाती महासंघका पूर्व अध्यक्ष लेखीको नेतृत्वमा नागरिक समाजवादी पार्टी गठन
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारू नेता राजकुमार लेखीको नेतृत्वमा बिहीबार नागरिक समाजवादी पार्टी (नासपा) गठन भएको छ ।
काठमाडौंमा विहिबार आयोजित एक कार्यक्रमबीच सो पार्टी गठन भएको घोषणा गरिएको हो । नयाँ संविधानमा हस्ताक्षर नगरेका दल र त्यसका नेताहरुसँग सहकार्य गरेर अगाडि बढ्ने सो दलका संयोजक लेखीले बताउनुभयो ।
लेखीको संयोजकत्वमा २७ सदस्यीय तदर्थ केन्द्रीय कमिटी समेत गठन गरिएको छ । लेखीको संयोजकत्वमा गठित सो समितिमा सप्तरीका राज थारुलाई प्रवक्ता तोकिएको छ ।
यस्तै केन्द्रीय सदस्यहरुमा नगेन्द्र राजवंशी (मोरङ), यशोदा चौधरी (दाङ), फकिर थारु (वर्दिया), कल्पना चौधरी (मोरङ), वृजमोहन चौधरी (पर्सा), इन्द्रनारायण यादव (सप्तरी) रहेका छन् ।
त्यस्तै केन्द्रीय कमिटीमा तेजनारायण चौधरी (सुनसरी), अनिल चौधरी (सप्तरी), कलानन्द मिश्र (काठमाडौ), दिपा चौधरी (झापा), महम्मद कैयुम (बाँके), सरस्वती चौधरी (उदयपुर), पुरन चौधरी (सप्तरी), मनोज ठाकुर (सिराहा), अजय चौधरी (सिराहा), सीजेन्द्र सदाय (सिरहा), दिनेश उराव (सुनसरी), जैनु थारु (काठमाडौं), सुशिला चौधरी (सुनसरी), कञ्चन चौधरी (सिराहा), सुरज थारु (सिराहा), चञ्चल चौधरी (चित्तवन), प्रकाश चौधरी (रुपन्देही) तुलसी थारु (सप्तरी) र लक्षिमा चौधरी (दाङ) रहेका छन् ।
यस्तै कार्यक्रममा मूलधारको पार्टी रहेको दावी गर्दै संयोजक लेखीले चैत पहिलो साताबाट पार्टी विस्तार कार्यक्रमलाई देशव्यापीरुपमा अगाडि बढाउने बताउनुभयो । मुलुकमा समाजवाद स्थापना गर्नका लागि सबै किसिमको भेदभाव अन्त्य र समतामूलक समाज निर्माणका लागि पार्टीले भूमिका निर्वाह गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा राज्यबाट पछाडि पारिएका वर्गको अधिकार सुनिश्चित्ताका लागि अभियान सञ्चालन गर्दै आगामी स्थानीय निकायको निर्वाचनमा पार्टीको तर्फबाट भागलिने तयारी पार्टीले गर्ने संयोजक लेखीले बताउनुभयो ।
उहाँले नयाँ संविधान विभेदकारी र पहिचान विरोधी रहेको दावी गर्दै नयाँ संविधानमा पछाडि परेका वर्गको अधिकार सुनिश्चित्ताका लागि अभियान सञ्चालन गर्ने बताउनुभयो ।
पार्टीका प्रवक्ता राज थारुले नागरिक पार्टी कुनै जातीय पार्टी नभएको भन्दै पार्टीमा फोरम (लोकतान्त्रिक), थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) र समाजवादी लोकतान्त्रिकका नेता तथा कार्यकर्तालाई समेटेर नयाँ पार्टी निर्माण गरिएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ