News Category 2072/11/29
सद्भावनाका सहमहामन्त्री देवेन्द्र यादवसहित २८ जना विरुद्ध मुद्दा दायर
दैनिक समाचारदाता
महोत्तरी, २८ फागुन ।
मधेश आन्दोलन क्रममा महोत्तरीमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्या र उनी चढेको एम्बुलेन्समा आगजनी गरेको अभियोगमा सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव समेत २८ जना विरुद्ध मुद्दा दायर भएको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले कर्तव्य ज्यान मुद्दामा २८ र एम्बुलेन्समा आगजनी सम्बन्धी मुद्दामा २५ जना विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेको हो । गत भदौ २५ गते महोत्तरी सदरमुकाम जलेश्वरमा आन्दोलनकारीको आक्रमणले घाइते भएका असई विकलाई उपचारका लागि जनकपुर लगिने क्रममा जिल्लाको महोत्तरी गाउँ नजिक हत्या गरिएको थियो । जलेश्वरबाट जनकपुर ल्याउँदै गर्दा बाटोमै विक चढेको एम्बुलेन्समा आगजनी गरी उनलाई कुटीकुटी हत्या गरिएको थियो ।
उक्त घटनामा संलग्न रहेको अभियोग लगाउँदै प्रहरीले सद्भावना पार्टीका केन्द्रिय सहमहामन्त्री यादव, सोही पार्टीका केन्द्रिय सदस्य लक्ष्मी महतो, तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्मा, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य कौशलकुमार यादव, तमलोपा केन्द्रिय शंकरकुमार मिश्र, तराइ मधेश सद्भावना पार्टीका केन्द्रिय सदस्य सुरेश पाण्डे, जिल्ला सदस्य मोहन ठाकुर, स्थानीय व्यवसायी प्रदीपकुमार साह र प्रमोद गामी लगायत विरुद्ध मुद्दा दर्ता गरिएको हो ।
ती मध्ये व्यवसायद्वय प्रदीप र प्रमोद तथा तमलोपा जिल्ला सदस्य ठाकुरलाई यस अघि नै प्रहरीले पक्राउ गरिसकेको छ । अन्य अभियुक्त तथा मुद्दामा आफ्नो पनि नाम समेटिने भयले मधेशवादी दलहरुका अन्य जिल्ला नेताहरु पहिलेदेखि नै फरार छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ