News Category 2072/11/29
सद्भावनाका सहमहामन्त्री देवेन्द्र यादवसहित २८ जना विरुद्ध मुद्दा दायर
दैनिक समाचारदाता
महोत्तरी, २८ फागुन ।
मधेश आन्दोलन क्रममा महोत्तरीमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्या र उनी चढेको एम्बुलेन्समा आगजनी गरेको अभियोगमा सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव समेत २८ जना विरुद्ध मुद्दा दायर भएको छ ।
बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले कर्तव्य ज्यान मुद्दामा २८ र एम्बुलेन्समा आगजनी सम्बन्धी मुद्दामा २५ जना विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेको हो । गत भदौ २५ गते महोत्तरी सदरमुकाम जलेश्वरमा आन्दोलनकारीको आक्रमणले घाइते भएका असई विकलाई उपचारका लागि जनकपुर लगिने क्रममा जिल्लाको महोत्तरी गाउँ नजिक हत्या गरिएको थियो । जलेश्वरबाट जनकपुर ल्याउँदै गर्दा बाटोमै विक चढेको एम्बुलेन्समा आगजनी गरी उनलाई कुटीकुटी हत्या गरिएको थियो ।
उक्त घटनामा संलग्न रहेको अभियोग लगाउँदै प्रहरीले सद्भावना पार्टीका केन्द्रिय सहमहामन्त्री यादव, सोही पार्टीका केन्द्रिय सदस्य लक्ष्मी महतो, तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्मा, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य कौशलकुमार यादव, तमलोपा केन्द्रिय शंकरकुमार मिश्र, तराइ मधेश सद्भावना पार्टीका केन्द्रिय सदस्य सुरेश पाण्डे, जिल्ला सदस्य मोहन ठाकुर, स्थानीय व्यवसायी प्रदीपकुमार साह र प्रमोद गामी लगायत विरुद्ध मुद्दा दर्ता गरिएको हो ।
ती मध्ये व्यवसायद्वय प्रदीप र प्रमोद तथा तमलोपा जिल्ला सदस्य ठाकुरलाई यस अघि नै प्रहरीले पक्राउ गरिसकेको छ । अन्य अभियुक्त तथा मुद्दामा आफ्नो पनि नाम समेटिने भयले मधेशवादी दलहरुका अन्य जिल्ला नेताहरु पहिलेदेखि नै फरार छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ