News Category 2072/11/29
दहेज प्रथा र बाल विवाह उन्मूलन हुनुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
दहेज प्रथा र बाल विवाह उन्मुलनका लागि सम्पुर्ण युवा युवतीहरु जागरुक बन्नुपर्नेमा जोड एक कार्यक्रमका सहभागिहरुले दिएका छन् ।
“बाल विवाह जिन्दगी तवाह, दाईजो हटाउँ छोरी बचाउँ” भन्ने मुल नाराका साथ बालविवाह एवं दाईजो उन्मुलन राष्ट्रिय अभियान नेपालद्वारा शुक्रबार राजविराजमा आयोजित बाल बिवाह एवं दाईजो मुक्त नेपाल भन्ने विषयमा बक्तृत्वकला प्रतियोगितामा सहभागि सरोकारबालाहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी दान बहादुर कार्कीले तराईका जिल्लाहरुमा बाल विवाह र दहेज प्रथा बढदै गएको जसको मुल कारण अशिक्षा र अज्ञानता रहेको भन्दै दहेज लिनु र दिनु दुईटै कानुनी अपराध रहेको तथा त्यसलाई जडैबाट मुक्ति दिनका लागि कानुनी दायरा अपनाउनुपर्ने जरुरी रहेको बताउनुभयो ।
सोही कार्यक्रममा मैथिली अभियानताहरु रुपा झा, श्याम सुन्दर शशि सहितकाहरुको उपस्थिति रहेको थियो । यसबिच बाल विवाह तथा दहेज प्रथा उन्मुलनका लागि राजविराजमा युवायुवतीहरुको सहभागितामा बृहत ¥याली समेत प्रदर्शन गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ