News Category 2072/12/01
प्रचण्डलाई कालो झण्डा देखाउने पूर्वमन्त्रीसहित पाँच पक्राउ
दैनिक समाचारदाता
सिरहा, ३० फागुन ।
जिविस सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथि भएर आउनुभएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विरोध गर्ने क्रममा मधेसी मोर्चाका नेताहरुमाथि सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेका छन् ।
प्रचण्ड मधेस विरोधी भएको भन्दै कार्यक्रम स्थल जिविसको समिक्षा हलमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए ।
कार्यक्रममा हस्तक्षेप गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा पूर्व विनाविभागीय मन्त्री राजलाल यादवसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै अन्य पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव प्रयाग यादब, फोरम नेता कप्लेश्वर यादब, नविन यादब लगायतका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहा लगेको छ । कार्यक्रममा प्रचण्डको विरोध गर्दा तैनाथ सुरक्षाकर्मीहरुले पूर्वमन्त्री यादबसहितका फोरमका नेताहरुलाई कुटपिट गर्दै नियन्त्रणमा लिएका थिए ।
उनीहरुले कुर्सी समेत प्रचण्डमाथि फ्याक्ने प्रयास गरेका थिए । तर सुरक्षाकर्मीहरुले रोकेका थिए । कुर्सी फाल्न लाग्दा प्रचण्डलाई सुरक्षाकर्मीहरुले घेरा हालेर बचाएका थिए । प्रचण्ड सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सभासद हुन् । उहाँसंविधान जारी हुनुभन्दा अगाडी सुझाव संकलनका क्रममा मिर्चैया आउँदा मोर्चाका नेता तथा कार्यकर्ताहरुले लखेटेर भगाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ