News Category 2072/12/01
आन्दोलन सशक्त बनाउन मधेशी मोर्चाद्वारा विभिन्न निर्णय
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
विगतमा भएको आन्दोलनको समिक्षा तथा आन्दोलनलाई अझ सशक्त बनाउँनका लागि आईतबार मधेशी मोर्चाको सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरिएको छ ।
मधेशी मोर्चाका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलको अध्यक्षतामा राजविराजमा मधेशी मोर्चाद्वारा आयोजित बृहत छलफल कार्यक्रममा आन्दोलन सशक्त गर्नका लागि विभिन्न क्षेत्रमा शक्ति सन्चित गर्ने निर्णयका साथै अगामी आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरिएको छ ।
जस अन्तर्गत चैत्र २ गते ३ नम्बर क्षेत्रीय भेला, ३ गते ५ नम्बर क्षेत्रीय भेला, ४ गते ४ नम्बर क्षेत्रीय भेला, ५ गते २ नम्बर क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ । त्यस्तै चैत्र ७ गते सप्तरी सदरमुकाम राजविराजमा संविधानमा सही गर्ने सांसदहरुको होलीका दहन गर्ने निर्णय समेत गरेको जनाएको छ ।
यस्तै चैत्र ८ गते नगर भेला, १२ गते ६ नम्बर क्षेत्रीय भेला, १३ गते १ नम्बर क्षेत्रीय भेला गर्ने निर्णायक बृहत बैठकले गरेको मोर्चाले जनाएको छ ।
सम्पन्न बैठकमा सदभावना पार्टी केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, विद्यार्थी मंच जिल्ला अध्यक्ष शम्भु यादव, तमलोपा जिला अध्यक्ष रामपृत यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, विद्यार्थी मंचका राष्ट्रीय अध्यक्ष किशोर कुमार यादव, तमसपा जिला अध्यक्ष कपिलदेव यादव, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, उमेश साह, अमरकान्त झा, विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादव, महिला मंच केन्द्र ीय संयुक्त महासचिव पूनम यादव, फोरम जिला सदस्य रमिला साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ