News Category 2072/12/01
चुरेलाई जोगाउनुपर्नेमा सिंचाई मन्त्रीको जोड
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
सिंचाई मन्त्री उमेश कुमार यादवले जल भण्डारको रुपमा रहेको चुरेलाई जोगाउनुपर्नेमा जोड दिनुभएको छ ।
सप्तरीको रायपुर गाविस–६ मा आईतवार शास्त्री गौशाला एवम् पशुपालन फर्मको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो ।
मन्त्री यादवले चुरेको क्षति तराई मधेशको लागि दुर्भाग्य भएको भन्दै यसको संरक्षण गर्न सबै पक्षले लाग्नु पर्ने बताउनुभयो । चुरे पानीको श्रोत हो, त्यसैले यसको बिनास भए तराई मधेशमा मरुभूमीकरणको खतरा निश्चित रहेको बताउनुभयो ।
उहाँले नदी नियन्त्रणतर्फ सप्तरीमा साढे ११ करोड बजेट छुट्याएको जानकारी दिँदै महुली तटबन्धकालागि साढे चार करोड र खाँडोकालागि ४ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।
सप्तरीको रायपुर निवासी पण्डित रामकुमार शास्त्रीको अध्यक्षतमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले गौशाला नजिकै निर्माण गरिने पोखरी निर्माणको कोदालोले खनेर शुभारम्भ समेत गर्नुभएको थियो ।
सोही कार्यक्रममा प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव, नागरिक सञ्जाल सप्तरीका संस्थापक सुखराम यादव, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ई.लोकेन्द्र प्रसाद यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
यस्तै मन्त्री यादवलाई संयुक्त राष्ट्रिय मधेश आन्दोलन परिचालन समितिका प्रवक्ता भगवती यादवको नेतृत्वमा रायपुरमा कालो झण्डा देखाएको जिल्ला अध्यक्ष जयप्रकाश यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ