News Category 2072/12/01
शम्भुनाथ नगरपालिकाको तेश्रो नगर परिषद् सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
सप्तरीको शम्भुनाथ नगरपालिकाको आइतबार तेश्रो नगर परिषद् सम्पन्न भएको छ ।
१७ हजार ६ सय ३५ पुरुषहरुको तथा १६ हजार ९ सय २४ महिलाहरुको जनसंख्या रहेको उक्त नगरपालिकाको परिषद्को उद्घाटन सिंचाई मन्त्री उमेश यादवले पानसमा बत्ति बाली गर्नुभएको छ ।
सम्पन्न परिषद्मा आर्थिक वर्ष ०७३÷०७४ का लागी २ करोड ९१ लख २५ हजार बराबरको अनुमानित बजेट पारित गरिएको छ ।
नगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत संजिव न्यौपानेले ६ हजार ३ सय ५० घर परिवार रहेका नगरका लागी समपुरक कोष १ करोड, योजना ब्यवस्थापन खर्च शिर्षकमा ३ लाख ४८ हजार, भवन निर्माण तर्फ शर्त सहित ७५ लाख, यसैगरी, बालबालिका तर्फ १६ लाख ९१ हजार ५ सय ५० रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी, महिलाका लागी ११ लाख २७ हजार ७ सय रुपैयाँ बराबरको अनुमानित बजेट पेश गरिएको छ भने अन्य लक्षित वर्गका लागी १६ लाख ९१ ह्जार ५ सय ५०, आ.सा. तथा भा.पू.वि. कार्यक्रमका लागी ५६ लाख ५९ हजार ७ सय २० र प्रवर्धनात्मक बिकास कार्यक्रमका लागी ११ लाख ६ हजार ४ सय अस्सी रुपैयाँ बराबरको बजेट पेश गरिएको थियो ।
नगर प्रमुख न्यौपानेको अध्यक्षतामा आयोजित तथा सामाजिक परिचालक हेम नारायण दासले कार्यक्रम संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथी मन्त्री यादवले सिंचाईमा सरकारले ब्यापक लगानी गरेता पनी अपेक्षाकृत परिणाम आउँन नसकेकोमा सो तर्फ सबैको ध्यानाकर्षण गराउनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ