News Category 2070/05/12
राजमार्गमा चक्काजाम गर्न खोज्ने आधा दर्जन पक्राउ
दैनिक संवाददाता
राजविराज, ११ भदौं ।
बरिष्ठ अहेब छेदीलाल साहको खोजतलाशको माग गर्दै पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मंगलवार विहान चक्काजाम गर्नेक्रममा प्रहरीले आधा दर्जन स्थानियहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बेपत्ता भएको एक महिना दिन बितिसक्दा पनि प्रशासनले खोजतलाशका लागि सक्रियता नदेखाएको भन्दै विहानैदेखि राजमार्गमा चक्काजाम गरेपछि प्रहरीले हस्तक्षेप गरी ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा एकिकृत नेकपा माओवादी निकट वाईसिएलका मिथिला राज्य समिति संयोजक अरुण साह, सद्भावना पार्टीका युवा नेता दिनेश यादव, स्थानिय नारायण साह, डम्बर साह, मनोजकुमार साह, नागेश्वर साह र देवनारायण साह रहेको जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याईएको छ ।
सप्तरीको खोक्सर प्रवाहा गाविस निवासी बरिष्ठ अहेबको रुपमा ताप्लेजुङ्गको महाश्रीङ इलाका स्वास्थ्य चौकीमा कार्यरत साह ताप्लेजुङ्ग सदरमुकाम फुङ्लिङ्गबाट गोष्ठी सकेर कार्यक्षेत्र फर्किने क्रममा गत असार २५ गतेदेखि बाटोबाटै बेपत्ता भएका थिए ।
साह सम्पर्कबिहीन भएको लामो समय बितिसक्दा पनि कुनै जानकारी नआएकाले आफुहरु चिन्तामा डुबेको उहाँका परिवारजनले बताएका छन् ।
यसैबीच मंगलबारै साँझ स्थानीयहरुले पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै जुलुस प्रदर्शन गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ