News Category 2072/12/03
विश्वास गुमाईसकेको व्यक्तिलाई पत्रकार महासंघको अध्यक्षको रुपमा सहभागि नगराउन अनुरोध
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कुरिती बिरुद्धको संघर्ष समिति सप्तरीले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका निर्वतमान अध्यक्ष प्रकाश खतिवडा आफ्नै गलत क्रियाकलापका कारण शाखाका दुई तिहाई भन्दा बढी सदस्यको बिश्वास गुमाईसकेको जनाउँदै पत्रकार महासंघको अध्यक्षको रुपमा कतै कुनै कार्यक्रममा सहभागि नगराउन सम्बन्धि सम्पूर्ण निकाय, संघ संस्थालाई अनुरोध गरेको छ ।
संघर्ष समितिका संयोजक जितेन्द्र खड्गाद्वारा मंगलबार जारि विज्ञप्तिमा सो अनुरोध गरिएको छ । विज्ञप्तिमा निरन्तर ६ महिना भन्दा बढी समयदेखि निवर्तमान अध्यक्ष खतिवडा अनुपस्थित रहनु भएको भन्दै सोही कारणहरुले गर्दा पत्रकार महासंघको कार्यालयमा लामो समय देखि तालाबन्दी रहेको जनाइएको छ ।
विज्ञप्तिमा कार्यसमितिका बहुमत सदस्यहरुले उपाध्यक्ष श्रवणकुमार देवलाई कार्यवाहकको जिम्मेवारी दिई आर्थिक कारोवार संचालनकालागि बैंकहरुमा अध्यक्ष खतिवडाको हस्ताक्षर समेत परिवर्तन गरिसकको उल्लखे गरिएको छ । तर, राजबिराज बाहिर हुने गरेका कतिपय सार्वजनिक कार्यक्रमहरुमा प्रकाश खतिवडाले आफु अध्यक्ष भएको भन्दै परिचय गर्नु र कार्यक्रममा सहभागि हुन पत्रकारिताको गरिमा बिपरितको काम भएको समितिले ठहर गरेको छ ।
पत्रकार महासंघको सदस्य जस्तो गरिमामय पदमा बसेका साथिले समग्र पत्रकारीता क्षेत्रलाई बदनाम गराउने गरि नैतिक्ता बेच्ने कार्य तत्कालै बन्द गर्न आग्रह गर्दै निर्वतमान भईसकेका प्रकाश खतिवडालाई पत्रकार महासंघका बिद्यान अनुसार नेकपा एमाले जिल्ला कार्यसमितिबाट राजिनामा नदिएको, दई तिहाई भन्दा बढी सदस्यले अविश्वास गरिसकेको, आर्थिक अनियमिततामा चुर्लुम्म डुवेको, बिद्यान विपरितका कार्यहरु गरेको, आठ महिना भन्दा बढी समयदेखि महासंघमा उपस्थित समेत नभएका कारणहरुले शाखाका उपाध्यक्ष श्रवणकुमार देवलाई कार्यवाहक तोकी सकेको बिषय बारे जिल्लाका सम्पुर्ण सरकारी तथा गैर सरकारी निकायहरुलाई बुझी दिन आग्रह गरिएको उल्लेख छ ।
अन्तमा विज्ञप्तिमा भनिएको छ, “पत्रकार महासंघ शाखा सप्तरीमा देखिएको विवाद समाधानको सन्दर्भमा शाखाका आदरनिय पुर्व अध्यक्षहरुले देखाएको बाटोलाई अमल गर्न र पुर्व अध्यक्ष ज्युहरुको प्रतिवेदनलाई कार्यसमितिबाट अनुमोद गरि प्रकृया अगाडी बढाउन कार्यसमितिलाई हार्दिक आग्रह गर्दछु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ