News Category 2072/12/03
मधेशी मोर्चा सप्तरीको क्षेत्र नं. ३ को संयोजकमा नवनित झा
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
मधेशी मोर्चा सप्तरीको मंगलबार सम्पन्न बैठकले मोर्चाको क्षेत्र नं. ३ को क्षेत्रिय संयोजकमा नवनित झालाई सर्वसम्मत चयन गरेको छ ।
मोर्चाका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित सो बैठकले संघिय समाजवादी फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झाको संयोजकत्वमा मधेशी मोर्चा क्षेत्र न. ३ को क्षेत्रिय समिति सर्वसम्मत गठन गरेको हो ।
गठित मोर्चाको क्षेत्रिय सह संयोजकमा तमलोपाका क्षेत्रिय अध्यक्ष महिन्द्र खंग, सचिवमा फोरम गणतान्त्रिकका क्षेत्रिय अध्यक्ष गोपीकृष्ण यादव, सदस्यहरुमा रामसपाका ललन यादव, तमसपाका सरवेस झा, नेसपाका बालवोध झा र सद्भावनाका बसिर मियाँ रहेका छन ।
यस्तै विगत ६ महिनादेखि आन्दोलनमा सक्रियता पुर्वक आन्दोलनको अगुवाई गरेकोमा मोर्चाका निवर्तमान क्षेत्रिय संयोजक लक्ष्मण यादव सहित सम्पुर्ण नेतृत्वकर्ताहरुलाई धन्यवाद समेत ब्यक्त गरिएको छ ।
सो बैठकमा संघिय समाजवादी फोरम नेपालका सलहेश इन्चार्ज एवं केन्द्रिय सदस्य शैलेन्द्र कुमार साह, सदभावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, तमलोपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य हेमशंकर सिंह, रामसपाका केन्द्रिय सदस्य भरत साह, मधेशी जनअधिकार फोरम गणतान्त्रिका अध्यक्ष नरेन्द्र प्रसाद यादव, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष अमरनाथ मण्डल, रामसपाका उपाध्यक्ष वैजु दास, पुर्व केन्द्रिय सदस्य विरेन्द्र साह, फोरम नेपालका क्षेत्रिय अध्यक्ष नवनित झा, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, मोर्चाका पुर्व नगर संयोजक उमेश साह, सदभावना पार्टीका नगर संयोजक अमरकान्त झा, विद्यार्थी मोर्चाका पुर्व संयोजक तारकेश्वर प्रसाद यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ