News Category 2072/12/04
राजविराज नगरपालिकाको विवाद समाधानका लागि विभिन्न निर्णय
दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
विगत लामो समयदेखि राजविराज नगरपालिकाका जारी विवाद समाधानका लागि बिहिबार मधेशी मोर्चाको संयोजकत्वमा बैठक सम्पन्न भएको छ ।
सम्पन्न बैठकले राजविराज नगरपालिकाबाट संचालित जगेडा कोष लगायत अन्य योजनाहरु समेतलाई सम्बन्धित शाखाबाट तयार गरी कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले सम्बन्धित निकायमा चैत्र ५ गते पठाउने, विशेष परिषद् गर्दा परिषद्को लागि शाखा प्रमुखहरुको सदस्य रहने गरी परिषद मस्यौदा उपसमिति बनाई विशेष परिषद् गर्ने जस्ता निर्णयहरु गरिएको मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
तयसैगरी नगरपालिकाबाट भएका हाल सम्म संचालित योजनाहरुको छानविन समिति गठन गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने तथा कर्मचारीहरुले उठाएका जायज मागहरु पुरा नहुन्जेलसम्म योजना तथा कार्यक्रमहरु आर्थिक कारोवार बाहेक अन्य दैनिक कामकाज ब्यवस्थित रुपले संचालन गर्ने निर्णयहरु गरिएको छ ।
मधेशी मोर्चाका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलको अध्यक्षतामा सम्पन्न सो बैठकमा सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, दिनेश यादव, मोर्चाका सत्य नारायण यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, नेकपा क्रान्तिकारी माओवादीका देवनाथ यादव, मोर्चाका पुर्व नगर संयोजक उमेश साह, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुब्बी यादव, नेसपाका अमरनाथ मण्डल, ध्यानी मण्डल, फोरम नेपालका युसुफ अलि, माओवादीका भुपेन्द्र प्रसाद यादव, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, नगरपालिका कर्मचारी एशोसिएसनका अध्यक्ष उमेश प्रसाद यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ