News Category 2072/12/08
मोर्चाद्वारा नेपालको संविधान २०७२ जारी गर्ने सभासद्हरुको पुतला दहन
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
मधेशी मोर्चा सप्तरीले होलीको पूर्व सन्ध्यामा आइतबार नेपालको संविधान २०७२ जारी गर्न हस्ताक्षर गर्ने सभासद्हरुको पुतला दहन गरेको छ ।
संविधान जारि गर्न हस्ताक्षर गर्ने सभासदहरुलाई मधेश विरोधी भन्दै उनीहरुको पुतला बनाएर होलीको पूर्व सन्ध्यामा होलिका दहन गरेको मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलले बताउनुभयो ।
स्थानिय शिव मन्दिरको प्राङणबाट सभासद्हरुको एउटै पुतला बनाएर राजविराज नगर परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुतला दहन गरेका हुन् ।
सो कार्यक्रममा मधेशी मोर्चा सप्तरीसँग आवद्ध सम्पूर्ण दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको केन्द्रिय संघर्षका कार्यक्रमहरु अन्तरगत होलीका दहन गरिएको हो ।
यसैबिच सप्तरीको रम्पुरा मल्हनिया गाविसमा समेत होलिका दहन गरिएको छ ।
जिल्लाको रम्पुरा मल्हनिया गाविस स्थित कुनौली बोर्डरमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितकाहरुको नेताहरुको पुत्ला दहन गरिएको हो ।
स्थानीय शिब नारायण यादवको नेतृत्वमा तथा सत्रुधन यादव, बालेश्वर यादव लगायतकाहरुको उपस्थितिमा होलिका दहन गरिएको सदभावना पार्टी क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ