News Category 2072/12/08
कल्याणपुर खुल्ला दिसा मुक्त गाविस घोषणा
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीको कल्याणपुर गाविसलाई १७ औं गाविसको रुपमा खुल्ला दिसा मुक्त गाविस तथा पुर्ण खोप गाविसको रुपमा आईतबार एक समारोहबिच घोषणा गरिएको छ ।
कल्याणपुरबासीको शान, पूर्ण खोप र पुर्ण सरसफाई अभियान अन्तर्गत पुर्ण खोप एवं खुल्ला दिसा मुक्त गाविस कल्याणपुर एक समारोहबिच संयुक्त रुपमा क्षेत्र न. ५ का सांसद तेजु लाल चौधरीले घोषणा गर्नुभएको हो ।
सो समारोहलाई सम्बोधन गर्नुहुँदै सांसद चौधरीले जसरी गाई भैसीको गोबरलाई व्यवस्थापन गर्ने गरेका छौं, त्यसरी नै मानिसको दिसालाई पनि व्यवस्थापन गर्नुपर्ने बताउँदै उहाँले खुल्ला ठाउँमा दिसा पिसाव नगर्न सम्पुर्ण कल्याणपुरबासीहरुसँग अनुरोध गर्नुभयो ।
उहाँले समाजको परिवर्तनका लागि मदिरा मुक्त गाविस समेत घोषणा गर्नुपर्नेमा जोड दिदै सो कार्यमा सम्पुर्ण महिलाहरुलाई सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले संसदीय विकास कोषको ५ करोडको लगानीमा कल्याणपुर गाईघाट सडक खण्ड निर्माण कार्य शुरु भएको जानकारी दिनुहुँदै उत्तरी भेगमा खानेपानीको समस्या रहेकोले खानेपानीको सहज अवस्था श्रृजना हुनुपर्ने बताउँनुभयो । त्यस्तै सांसद चौधरीले कल्याणपुरमा सेवा केन्द्रको लागि आवश्यक पहल भईरहेको बताउँदै उहाँले प्राथमिक स्वास्थ्य केन्द्र अब १५ बेडको अस्पताल निर्माण हुने तयारीमा रहेको बताउँदै कल्याणपुर गाविसलाई नमुना गाविस बनाउँने लक्ष्य रहेको बताउँनुभयो ।
यस्तै उहाँले ५५ लाख विद्युत बत्तिको लागि, ९० लाख सडक निर्माणमा लगानी गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ट आतिथ्य खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ई.लोकेन्द्र प्रसाद यादवले खानेपानी र सरसफाईमा निरन्तर रुपमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दै उहाँले सप्तरीमा अहिले बाहिर दिशा गर्ने ब्यक्तिहरुको संख्यामा निकै कमि आएको बताउँदै ५० प्रतिशत ब्यक्तिहरु अहिले चर्पी प्रयोग गर्न थालेको जानकारी दिनुभयो । उहाँले यसै आर्थिक वर्षभित्र कल्याणपुर क्षेत्रमा खानेपानी सुचारु हुने जिकिर गर्नुभयो ।
गाविस सचिव शेर बहादुर दाहालको अध्यक्षतामा आयोजित सो समारोहमा जिल्ला विकास समितिका जिल्ला विकास समितिका कार्यक्रम अधिकृत नवराज खडका, युएनह्यावीटाटका जिल्ला संयोजक हरी बुढाथोकी, युनिसेफकी सुनिता सुल्पे, जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत कारी साह, सबल नेपालका फिल्ड अफिसर्स शुभ नारायण यादव, ब्रहमाकुमारी अनिता दिदी, पिआरडिसी नेपालका जिल्ला संयोजक राम बस्नेत, एसएनभि नेपालका कृष्णा जिसी, उच्च मावि कल्याणपुरका प्रअ सुर्य नारायण चौधरी, प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज बिरेन्द्र कुमार दास लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
सोही कार्यक्रममा प्रसिद्ध कलाकार नेमचन्द्र चौधरीले विभिन्न नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै खुल्ला दिसा मुक्त गाविस तथा पुर्ण खोप गाविस घोषणा कार्यक्रममा सहयोग गर्ने महिला स्वयसेविका तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ