News Category 2072/12/09
११ बुंदे माग पूरा नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने ः अध्यक्ष महतो फोरम लोकतान्त्रिकका पूर्वमहासचिव सद्भावनामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
मधेस आन्दोलनका क्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजीनामा दिनु भएका महासचिव एवं पूर्व कृषि मन्त्री मृगेन्द्रकुमार सिंह यादव सोमबार सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ ।
सद्भावना पार्टी सप्तरीले सोमबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिकका पूर्व महासचिव यादव उक्त पार्टीमा प्रवेश गर्नुभएको हो । यादवलाई सद्भावना अध्यक्ष राजेन्द्र महतालेले अबिर माला लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।
सोही सभालाई सम्बोधन गर्दै सद्भावना अध्यक्ष महतोले आन्दोलन अझै पनि जारि नै रहेको उल्लेख गर्दै मधेसी मोर्चाले राखेको ११ बुंदे माग पूरा नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने बताउनुभयो ।
उहाँले मोर्चाले सरकारलाई चैत्र मसान्तभित्र माग सम्बोधन गर्न भनि अल्टिमेटसहितको ज्ञापन बुझाएको बताउंदै उक्त अवधीमा माग सम्बोधन नगरिए झन कडा आन्दोलनमा हुने चेतावनी अध्यक्ष दिनुभयो ।
सद्भावना प्रवेश गर्नेहरुको तर्फबाट सम्बोधन गर्दै पूर्व कृषि मन्त्री यादवले फोरम लोकतान्त्रिक मधेसी थारुको हित विपरितको राजनीतिमा सक्रिय रहेकाले आफूहरुले उक्त पार्टी त्यागेर पुनः आफ्नो पुरानै पार्टी सद्भावनामा प्रवेश गर्नुभएको बताउनु्भयो ।
सोही सभामा फोरम लोकतान्त्रिक सप्तरीका पूर्व अध्यक्ष सत्यनारायण यादवसहित सयौं नेता कार्यकर्ताहरु फोरम लोकतान्त्रिक पार्टी परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेश गर्ने मूख्य मूख्य नेता तथा कार्यकर्ताहरुले अध्यक्ष महतालेले माला लगाएर स्वागत गर्नुभयो ।
त्यस्तै पार्टी प्रवेश गर्नेहरुमा सुशिल कुमार शुक्ला, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य मंजुलत्ता, समाजसेवि शशि कुमार यादव, दिघवा गाविसका भुपु गाविस अध्यक्ष भुपेन्द्र यादव, देउरी भरुवा गाविसका भुपु गाविस अध्यक्ष महन्थी यादव, नर्घो गाविसका भुपु गाविस अध्यक्ष मुसहरु यादव लगायतका हजारौं ब्यक्तिहरु सदभावना पार्टीमा प्रवेश गरेको सद्भावना पार्टीले जनाएको छ ।
सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सो पार्टी प्रवेश कार्यक्रममा सदभावना पार्टीका वरिष्ठ नेता बद्री मण्डल, पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, पार्टीका केन्द्रिय सदस्य अमरनाथ मण्डल, पार्टीका जिल्ला सचिव हरेराम यादव, नगर संयोजक अमरकान्त झा लगायतका बक्ताहरुले आ–आप्mनो धारणा राख्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ