News Category 2072/12/10
एउटा चोरिएको मोटरसाइकलसँगै अर्को पनि फेला प¥यो
दैनिक संवाददाता राजविराज, ९ चैत । सप्तरी प्रहरीले सोमबार साँझ राजविराजस्थित ग्रीन मधेश दैनिक पत्रिकाको कार्यालय अगाडिबाटै चोरिएको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सो मोटरसाइकल सँगै प्रहरीले चोरिएको अर्को मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ पर्नेमा सारस्वर गाविस ५ बस्ने १७ बर्षीय दीपक यादव रहेका छन् । इटहरी बिष्णुपुरस्थिथत गोरगामामा कोठा लिएर बस्दै आएका यादवले आफैंले मोटरसाइकल त्यहाँबाट लगेर लुकाएको स्वीकार गरेको प्रहरीले जनाएको छ । सोमबार राति ९ बजे पत्रिकाको कार्यालय अगाडिबाटै पत्रकार संजीबबिक्रम साहको स.४प ७५२२ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीको टोलीले चोरिएको मोटरसाइकलसहित चोर्ने युवकलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले यादव पक्राउ लगत्तै उनकै सुराकीको आधारमा मंगलबार स.३प २१४७ नम्बरको मोटरसाइकल पनि लालापट्टी गाविसबाट बरामद भएको छ । यो मोटरसाइकल केहि दिन अगाडि राजविराज ६ बाट चोरी भएको थियो । तर, चोरि भएको मोटरसाइकल नं. स३प ७९४९ रहेको छ । चोर्नेहरुले मोटरसाइकल नम्बर परिवर्तन गरेका छन् । भेटिएको मोटरसाइकल राजविराज ५ का रबिन्द्र भट्टको हो । कार्कीले पक्राउ परेका यादव मोटरसाइकल चोरी गर्ने गिरोहको सकृय सदस्य रहेको र मूल नाइकेको पनि खोजी भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ