News Category 2070/05/13
श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक ‘श्रीकृष्णजन्माष्टमी’ मनाइदै
दैनिक संवाददाता
राजविराज, १२ भदौ ।
हिन्दूहरुको पावन पर्व ‘श्रीकृष्णजन्माष्टमी’ बुधबार देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइदैछ ।
कृष्णजन्माष्टमीको अवसरमा खासगरी राजविराजस्थित कृष्ण मन्दिरमा कृष्णको जन्मोत्सव मनाउन र श्रीकृष्णको पूजा अर्चना गर्न भक्तजनको घुइचो लाग्ने गर्छ ।
यसै उपलक्ष्यमा राजविराजसहित विभिन्न गाविसमा रहेको श्रीकष्णको मन्दीरहरुमा भक्तजनहरुको ठुलो घुईचो लाग्ने गरेका छन् ।
यसैबीच कृष्णजन्माष्टमीको अवसरमा बुधबार राजविराजस्थित हनुमान मन्दीरदेखि कृष्ण मन्दीर सम्म रथयात्रा निकालिने जनाएको छ । कृष्ण रथ यात्रा समितिको आयोजनामा रथ यात्रा निकालिने भएको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्ववापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले बुधबारको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
बुधबार मुलुकभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरु ‘ब्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृतिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौ अवतारका रुपमा जन्मनुभएका श्रीकृष्णले बुधबारीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको वताइएको छ ।
महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरुसँगको लडाईमा संलग्न पाण्डवहरु मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरुको पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै आङ्खना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको विश्वास गरिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ