News Category 2072/12/10
एउटा चोरिएको मोटरसाइकलसँगै अर्को पनि फेला प¥यो
दैनिक संवाददाता राजविराज, ९ चैत । सप्तरी प्रहरीले सोमबार साँझ राजविराजस्थित ग्रीन मधेश दैनिक पत्रिकाको कार्यालय अगाडिबाटै चोरिएको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सो मोटरसाइकल सँगै प्रहरीले चोरिएको अर्को मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ पर्नेमा सारस्वर गाविस ५ बस्ने १७ बर्षीय दीपक यादव रहेका छन् । इटहरी बिष्णुपुरस्थिथत गोरगामामा कोठा लिएर बस्दै आएका यादवले आफैंले मोटरसाइकल त्यहाँबाट लगेर लुकाएको स्वीकार गरेको प्रहरीले जनाएको छ । सोमबार राति ९ बजे पत्रिकाको कार्यालय अगाडिबाटै पत्रकार संजीबबिक्रम साहको स.४प ७५२२ नम्बरको अपाचे मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीको टोलीले चोरिएको मोटरसाइकलसहित चोर्ने युवकलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले यादव पक्राउ लगत्तै उनकै सुराकीको आधारमा मंगलबार स.३प २१४७ नम्बरको मोटरसाइकल पनि लालापट्टी गाविसबाट बरामद भएको छ । यो मोटरसाइकल केहि दिन अगाडि राजविराज ६ बाट चोरी भएको थियो । तर, चोरि भएको मोटरसाइकल नं. स३प ७९४९ रहेको छ । चोर्नेहरुले मोटरसाइकल नम्बर परिवर्तन गरेका छन् । भेटिएको मोटरसाइकल राजविराज ५ का रबिन्द्र भट्टको हो । कार्कीले पक्राउ परेका यादव मोटरसाइकल चोरी गर्ने गिरोहको सकृय सदस्य रहेको र मूल नाइकेको पनि खोजी भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ