News Category 2072/12/10
जनसंख्याको आधारमा आधा मधेशी सेना र मधेश दुई प्रदेश हुनुपर्छ ः अध्यक्ष महतो
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनसंख्याको आधारमा आधा मधेशी सेना हुनुपर्ने भन्दै मेचीदेखि महाकालीसम्म दूई प्रदेश कायम नगरुन्जेलसम्म आन्दोलन फिर्ता नहुने बताउनुभएको छ ।
सदभावना पार्टीद्वारा मंगलबार सप्तरीको फर्सैठ गाविसमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले सो कुरा बताउदै प्रधानमन्त्री ओलीले वहाना झिकेर मधेशीको मागप्रति उदासिनता देखाएकोले अब मधेश र मधेशीले आफ्नो शक्तिकै आधारमा मेचीदेखि महाकालीसम्म मधेश स्वायत्त प्रदेश बनाएर विराम लिने बताउनुभयो ।
अध्यक्ष महतोले प्रधानमन्त्री ओली, कांग्रेसका सभापति सुशिल कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डलगायत सबैं खसहरुको एउटै प्रपंच रहेको बताउनुभयो । उहाँले यी सबै जातीवादी आधारमा कुरा गरिरहेकोले वार्ताको औचित्य नरहेको भन्दै अवको आन्दोलन ‘वार की पार’ कै हुने दाबी समेत गर्नुभयो ।
एक अर्को प्रसङ्गण्मा उहाँले सरकारको रवैया यस्तै रहे भने स्वायत्त मधेश प्रदेश होइन् स्वतन्त्र मधेशको माग अघि बढ्न सक्ने भन्दै ६ महिनाको आन्दोलन होइन् ६ बर्षसम्म मधेशी आन्दोलित रहने र लाखौंले बलिदानी दिन तयार रहेको जिकिर गर्नुभयो ।
समस्या समाधानको लागि काँग्रेसले एमालेलाई र एमालेले माओवादीलाई दोष लगाएर हुन्न’ भन्दै तीन दलका अध्यक्ष चाहेमा सीमांकनको विषय पनि तीन दिनमा मिल्छ, महिनौ कुरिरहनु नपर्ने उहाँले उल्लेख गर्नुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा उहाँले गजेन्द्रनारायण सिंहले पार्टी स्थापना गरी मधेशको मुद्दा उठाउँदा धेरैले नराम्रो भनेपनि अहिले सबैलाई यहीं बाटोमा आउनुपरेको सुनाउँदै अन्य सबै मधेसवादी दलहरु काँग्रेस, एमाले, एमाओवादीबाट बनेको तथा जनता असली र नक्कलीलाई चिन्न थालेको बताउनुभयो । सक्कली मधेसवादी भएकै कारण मेचीदेखि महाकालीसम्म बिभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्ने लहर चलेको बताउँदै मधेसमा शक्तिशाली पार्टीको आवश्यक्ता रहेको बताउँदै उहाँले आफ्नो पार्टी नै शक्तिशाली बन्ने दावी समेत गर्नुभयो ।
त्यस्तै अध्यक्ष महतोले ६ महिनासम्म चलेको आन्दोलनका क्रममा मोर्चाका अन्य घटकले गल्ती भएको भन्दै अब यस्ता गल्तीहरुलाई सुधार गरेर अगाडि बढ्ने बताउँदै उहाँले ‘सीमा नाका बन्द गर्ने निर्णय त भयो तर यसको कार्यान्वयन भएन’ भन्नुभयो ।
उहाँले चैतभित्र माग पूरा गर्न प्रधानमन्त्रीलाई अल्टिमेटम दिइसकिएको बताउँदै अध्यक्ष महतोले यस अवधीमा माग पूरा नगरिए सशक्त र कठोरतम आन्दोलन बैशाखदेखि शुरु गरिने बताउनुभयो ।
सोही पत्रकार सम्मेलनमा सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, मृगेन्द्र कुमार सिंह यादव, सत्य नारायण यादव, पार्टीका केन्द्रिय सदस्यहरु हरेकृष्ण प्रसाद सिंह, दिपेन्द्र चौधरी, दिनेश यादव, अमरनाथ मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै जिल्लाको इनर्वा गाविसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका डा.गुलाम रसुल, एमाओवादीका असर्फी मण्डल, रामलखन मण्डल, पुर्व गाविस सचिव विन्देश्वर मण्डल, हनुमाननगर बेचन मण्डल सहितको नेतृत्वमा ३ सय ५० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु सदभावना पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता शेलेस कुमार साहले जानकारी दिनुभयो ।
यता अध्यक्ष महतोले पार्टी प्रवेश कार्यक्रममा सहभागि भई मंगलबारै विराटनगर तर्फ प्रस्थान गर्नुभएको सदभावना पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ