News Category 2072/12/10
पहाडमा सम्पन्न, मधेशमा आज र भोली पनि होली मनाइदै
दैनिक संवाददाता
राजविराज, ९ चैत ।
बुरा नमानो होली हैं..., जोगिरा सररर... जस्ता सुमधुर होलीका गितहरु अहिले सप्तरीलगायत मधेशका विभिन्न स्थानरुमा जहाँ त्यही गुन्जिरहेको छ ।
श्रीपञ्चमीबाट नै होलीको रौनक र जोगीरा खेल्ने क्रम सुरु हुने गरेकोमा यस वर्र्ष एक हप्ता अगाडीबाट मात्र रौनक सुरु भएको हो ।
मधेशका जिल्लाहरुमा होली पर्व आज र भोली मनाइदै छ भने पहाडका जिल्लाहरुमा मंगलबार नै मनाईएको छ । यद्दपी होली पर्व नेपालको पहाडी भेगमा पहिलो दिन र मधेशमा दोश्रो दिन मनाइने चलन रहे पनि यस वर्ष मधेशका केही जिल्लाहरुमा तेश्रो दिन पनि होली पर्व मनाइदै छ । मिथिला पञ्चाङ अनुसार होली पर्व भोली अर्थात बिहीबार रहेको उल्लेख छ ।
असत्यमाथि सत्यको जितको उत्सवका रुपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै तराईवासीहरु सौहार्दपूर्ण रुपमा फागु खेलिरहेका छन् ।
होली आउनासाथै तराई भेगमा युवादेखि बुढापाकासम्म यस्तै होरिया गीत गाएर रमाउने गर्छन् । वर्षभरिको मनमुटाव होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ ।
सप्तरी सदरमुकाम राजविराजमा मंगलबार पनि होली पर्व मनाइएको छ भने आज र कोली बिहीबार पनि होली खेलिदै छ । आफु भन्दा ठूलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन रहेको छ भने सानोलाई निधारमा अबिर वा रंग लागाएर सद्भाव देखाउने चलन रहेको छ ।
पौराणिक कथन अनुसार विष्णुभक्त प्रल्हादलाई उनकै नास्तिक पिता हिरण्यकश्यपले जलाउन पठाउँदा बहिनी होलिका तथा द्वापर युगमा कृष्णलाई विषाक्त दूध चुसाएर मार्न गएकी पुतनाको उल्टै नाश भएको खुसियालीमा होली पर्व मनाउन थालिएको हो ।
होली मनाउने नाममा जबर्जस्ती रङ छयाप्ने र लोला बर्साउने जस्ता विकृति देखिए पनि तराई भेगमा सामूहिक रुपमा प्रेमपूर्वक रङ र अबिर दलेर खुसी साट्ने परम्परा जीवितै छ । यस क्षेत्रमा मनाइने होली पर्वमा होरिया गीतले अझ उमंग थप्ने काम गर्छ ।
होली पर्वलाई शुभ संकेतको रुपमा समेत मानिंदै आएकाले सप्तरीका बासिन्दाले मुलुकको तमाम समस्या हरण भई चौतर्फी समृद्धि छाओस् भन्ने कामना समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ