News Category 2072/12/12
उच्श्रृंखल गतिविधी गर्ने १ सय २० जना तथा १८२३ वटा सवारी साधन नियन्त्रणमा सप्तरीमा ६ जना नियन्त्रण
दैनिक समाचारदाता
सुनसरी, ११ चैत ।
होली मनाउने क्रममा तराईका जिल्लाहरुमा अवाञ्छित गतिविधी गर्ने १२० जना मानिस तथा ट्राफिक नियम उल्लघंन १८२३ वटा सवारी साधनलाई प्रहरीले हालसम्म नियन्त्रणमा लिएको छ ।
प्रहरीले झापामा ५ जना, मोरङमा ४३ जना, सुनसरीमा २९ जना, सप्तरीमा ६ जना, सिरहामा २८ जना तथा उदयपुर जिल्लामा ९ जनालाई उच्छृखंल गतिविधी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
त्यसैगरी ट्राफिक प्रहरीले उदयपुर, झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा जिल्लाका सदरमुकाम तथा इटहरी, धरान लगायतका मुख्य मुख्य शहरहरुबाट मा.प.से. गरी सवारी चलाउने २६९ जना समेत गरी अन्य सवारी नियम उल्लघंन गर्ने जम्मा १८२३ थान मोटरसाईकल नियन्त्रणमा लिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
अन्य ट्राफिक नियम उल्लघंन गर्नेमा विशेषतः सवारी चालक अनुमति बिना सवारी चलाउने, मोटरसाइकलमा तीन जना सवार हुने तथा हेल्मेट बिना मोटरसाइकल चलाउने रहेकोले मोटरसाईकलका चालकहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरी बिहिबार छाडिएको जानकारी समेत उक्त कार्यालयले जनाएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले पूर्व क्षेत्रका तराईका जिल्लाहरुमा विगतका बर्षहरुको होलीका दिनमा भएका सवारी दुर्घटनालाई मध्यनजर गरी यस बर्ष सवारी दुर्घटनाबाट कुनै पनि व्यक्तिको मृत्यु तथा गम्भिर घाईते हुन नपाओस् भनि उदयपुर, झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिरहाका मुख्य बजार लगायतका व्यस्त स्थानहरुमा छिमेकी पहाडी जिल्लाबाट समेत थप ट्राफिक प्रहरी झिकाई ट्राफिक व्यवस्थापन मिलाएकोले त्यस्ता प्रकारका अप्रिय घटना घट्न नपाएको समेत जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ