News Category 2072/12/13
चिनियाँ सरकारद्वारा संविधानको स्वागतप्रति मधेशी मोर्चाको कडा आपत्ति
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
चिनिया सरकारद्वारा नेपालको संविधानलाई स्वागत गरेको प्रति संयुक्त लोकतांत्रिक मधेशी मोर्चाले कडा आपत्ति जनाएको छ ।
मोर्चाका शीर्ष नेताहरूले चिनिया सरकारद्वारा मधेशी जनजाति जनतामाथि जबरदस्ती लादिएको नयाँ संविधानलाई स्वागत गरेर देशको दुई तिहाई जनताको भावना माथि ठेस पु¥याएको आरोप मोर्चाका नेताहरूले लगाएका छन् ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आफ्नो देशको दुई तिहाई जनताले स्विकार्न नसकेको संविधान बिदेशीलाई गुहारेर स्वागत गराउनुको कुनै अर्थ नरहेको बताउनुभयो ।
चीनले नेपालको संविधानलाई स्वागत गरेकोमा कडा प्रतिक्रिया दिंदै महतोले नेपालको बिभेदकारी र मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम बिरोधी सम्बिधानको स्वागत गर्नु अत्यन्त खेदजनक भएको बताउनुभयो ।
महतोले सबैको स्वामित्व नभए सम्म कुनै पनि राष्ट्रले स्वागत गर्नु देशकै बहुसंख्यक जनताको अपमान गर्नु बताउनुभएको छ । उहाँले कुनै देशले स्वागत गर्दैमा आन्दोलन नरोकिने पनि बताउनुभयो । प्रधानमन्त्रीले संविधानमा सबैको स्वामित्व हुनेगरी सम्बोधन नगरी बिदेशीलाई गुहार्दै हिंडेको पनि आरोप लगाउनु भयो । प्रधानमन्त्रीको बिदेशीलाई गुहारेको ब्यवहार हेर्दा नेपालको संविधान नेपाली जनता भन्दा पनि बिदेशी सरकारहरूको लागी बनाए जस्तो देखिएको महतोले बताउनु भयो ।
मधेश आन्दोलनको क्रममा चिनिया सरकारद्वारा नेपालमा आम सहमतिनै नभई जबरदस्ती संविधान जारी गरेको कदमको स्वागत गर्दा मधेशमा कडा विरोधको सामना गर्नु परेको प्रसंग स्मरण गराउंदै चीन सरकारको पछिल्लो कदमले मधेशी जनता अझै आहत भएको बताउनुभयो ।
उहाँले चीन सरकारलाई असल छिमेकी मुलुक सरह व्यवहार गर्न र सरकारको कुरामाथि विश्वास गर्नु भन्दा जनताको भावनाको सम्मान गरि दिन आग्रह गर्नुभएको छ । एक प्रश्नको जवाफ दिंदै सदभावना अध्यक्ष महतोले नेपालका ठूला दल र सरकारले देशको दुई तिहाई जनतालाई विभेदमा पार्दै जबरदस्ती जारी गरिएको संविधानको वास्तविकता बुझाउन आवश्यक परे बीजिंगसम्म पुग्न पनि पछि नपर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ