News Category 2072/12/15
मारुतीको ठक्करबाट भारतको दुधेला निवासी बालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको राजविराज सखडा सडक खण्डमा आईतबार साँझ भएको सवारी दुर्घटनामा एक भारतीय बालकको मृत्यु भएको छ ।
सखडाबाट राजविराजतर्फ आउँदै गरेको अवस्थामा बा.१३ च २०४६ नम्बरको मारुती जिपको ठक्करबाट भारतको दुधेला निवासी अन्दाजी १२ वर्षिय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मारुती जिपको ठक्करबाट साईकलमा गईरहेका बालक घाईते भएको तथा घाईते बालकको तत्काल स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी राजविराज सखडा सडक खण्ड अन्तर्गत कोचाबखारी गाविसस्थित पुल नजिक अनियन्त्रित भई बि आर ३२ ए ०२२६ नम्बरको स्कारपिओ दुर्घटना भएको छ । सो दुर्घटनामा परी स्कारपिओको सिसा फुटेर क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ