News Category 2072/12/16
मधेशी थारुको समस्या संविधान पुर्नःलेखन गरेर मात्र समाधान हुन्छ ः लेखी
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
नागरिक समाजवादी पार्टीका केन्द्रिय संयोजक राजकुमार लेखीले जारि भएको संविधानमा दुई बुँदे संशोधन गरेर मधेशी थारुको समस्या समाधान नभएको भन्दै पुर्नःलेखन नै गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ ।
सोमबार राजविराजमा पार्टी दोश्रो पटक पार्टी बिस्तार बारे आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकमा कालो संविधान तीन नेताले जबरजस्ति लादेको प्रति आक्रोस व्यक्त गर्नुभयो ।
उहाँले केही दलका केही नेता र कठपुतलि सभासद्हरुका कारण मुलुक दलदलमा फसेको आरोप लगाउँदै मुलुकमा संविधान पुर्नलेखनको आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले सत्ता सुख सुविधाका लागि मात्र नेताहरु लागिपरेको आरोप लगाउनुभयो ।
जनजाति महासंघका पूर्वकेन्द्रिय अध्यक्ष समेत रहनु भएका लेखीले नागरिक समाजवादी पार्टीले आउँदो बैशाखको पहिलो सातादेखी आन्दोलन गर्ने घोषणा समेत गर्नुभयो । उहाँले तराईका जिल्लाहरुलाई पहाडसँग नजोड्न आग्रह समेत गर्नुहुँदै तराईको भूभागलाई मधेश र थरुहट गरि दुई भागमा विभाजन गरिए मात्र मधेशी र थारुहरुले आफ्नो अस्तित्व स्विकार गर्ने बताउनुभयो ।
एक अर्को प्रसङमा उहाँले ६ महिनादेखी मधेशमा जारि मधेश थरुहट आन्दोलनले ल्याएको एजेण्डामै आफ्नो पार्टीले सहकार्य गरेर आन्दोलन अगाडी बढाउने उद्घोष समेत गर्नुभयो ।
संविधानमा हस्ताक्षर गरेका थारु र मधेशी सभासद्हरुलाई जनस्तरबाटै कारवाही गरि कालो मोसो समेत दल्ने जस्ता आन्दोलनका कार्यक्रमहरु रहेको उहाँले जानकारी दिनुभयो ।
२२ हजार जनतालाई मारेर नयाँ शक्ति पार्टीको संयोजक बन्नु भएका डा. बाबुराम भट्टराईलाई संयोजक लेखीले जनता बिरोधी र देश बिरोधी नेताको संज्ञा दिनुहुँदै फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार जस्तो व्यक्ति कै कारण मधेशी र थारु जहिले पनि राज्य संचालक अगाडी निरिह बन्न बाध्य भएको आरोप लगाउनुभयो । फागुन २७ गते काठमाडौंमा २७ सदस्यीय केन्द्रिय समिति सार्वजनिक गरेर नागरिक समाजवादी पार्टीको घोषणापछि सोमबार राजविराजमा २५ केन्द्रिय सदस्यहरु थप गरि ५२ सदस्यीय गरिएको छ ।
थपिएका केन्द्रीय सदस्यहरुमा खडग नारायण चौधरी, लिला गम्भीर थारु, सिता चौधरी, हेम नारायण चौधरी, सीता चौधरी, कृष्णी चौधरी, सुशीला चौधरी, अर्जुन चौधरी, छबीलला कोपीला, दुखराम चौधरी, सत्यनारायण चौधरी, महेश्वरी चौधरी, विनोद चौधरी, दिनेश चौधरी, राम चन्द्र चौधरी, चन्द्रकिशोर कल्याण थारु, दुर्गानन्द चौधरी, रन्जीता चौधरी, युवराज कुँवर, ओमकान्त पण्डित, उषा खान, उपेन्द्र नारायण चौधरी पगरीवाला, शिशु यादव, दिल कुमारी चौधरी र ईन्द्र नारायण चौधरी रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ