News Category 2072/12/16
लक्षचण्डी महायज्ञको अवसरमा शोभायात्रा निकालियो
दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
देशमा दिर्घ शान्ति, दैवीप्रकोप, अतिवृष्टि, सामाजिक सद्भाव, देश तथा विश्व कल्याणार्थ विश्वमै पाँचौ तथा नेपालमै पहिलो पटक छिन्नमस्ता शक्तिपीठमा लक्षचण्डी महायज्ञको अवसरमा सोमबार शोभायात्रा निकालिएको छ ।
लक्षचण्डी रुद्र महायज्ञको कार्यक्रम अन्तर्गत सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी शक्तिपीठद्वारा सोमवार शोभायात्रा निकालिएको हो ।
छिन्नमस्ता शक्तिपीठबाट निकालिएको शोभायात्रा सदरमुकाम राजविराज हुँदै रुपनी, शम्भुनाथ, वीरेन्द्रबजार, महुली, कञ्चनपुर, बरमझिया, भारदह, हनुमाननगर, मन्सापुर, राजविराज हुँदै शक्तिपीठमै पुगी टुङ्गिएको छ । शोभायात्रामा नेपाल तथा भारतका हज्जारौं श्रद्धालुभक्तजनको सहभागिता रहेको थियो ।
सो शोभायात्रामा भारतको सिमावर्ती बजार तथा जिल्लाका विभिन्न स्थानहरुबाट सवारी साधनसहित भक्तजनहरुले सहभागिता रहेको थियो ।
शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरका अनुसार ध्वजारोहण एवम् भूमी पूजन कार्यक्रम आगामी चैत्र २६ गते हुने भएको छ । उक्त कार्यक्रममा नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने पीठाधीश ठाकुरले बताउनुभयो ।
२०७३ को नवरात्राको पहिलो दिनदेखि सञ्चालन गरिने उक्त महायज्ञमा २ सय फिट लामो र २ सय फिट चौडाई भएको यज्ञ मण्डप निर्माण गरिने छ । एकसाथ ३ हजार ५ सय पंडितद्वारा हुने लक्षचण्डी महायज्ञमा कुल २१ करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ