News Category 2072/12/17
जिल्लाको सिंचाईका लागि जनस्तरबाटै सहयोग आवश्यक ः सिंचाई मन्त्री
दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सिंचाई मन्त्री उमेश कुमार यादवले सप्तरीको सिंचाईका लागि जनस्तरबाटै सहयोगको अपेक्षा रहेको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजित सप्तरीमा सिंचाई समस्या र समाधान विषयक विचार विमर्श कार्यक्रममा उहाँले मुलुककै पहिलो सिंचाई व्यवस्था भएको सप्तरी जिल्ला अहिले पछाडी पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सोका लागि जनस्तरबाटै सहयोगको अपेक्षा गर्नुभएको हो ।
उहाँले तराईका जिल्लाहरुमा सिंचाईको उचित व्यवस्थापन गर्न आफुले अहिले बजेट समेत छुट्याएर सिंचाईको अभावमा खेती हुन नसकेका क्षेत्रमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले तराई मधेश हरेक वर्ष बाढीबाट आक्रान्त रहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्नका लागि विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिँदै सदरमुकाम बचाउँ अभियान सञ्चालन गरेको बताउनुभयो । सप्तरी, सिरहा, धनुषा, महोत्तरीका सदरमुकाम बचाउँ अभियान अन्तर्गत नदी नियन्त्रणका लागि तीन करोड रुपियाँ विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले सप्तरीका लागि दुईसय ५५ स्यालो ट्युवेल र एक डिप बोर्डिगको व्यवस्था भएको र अर्को आर्थिक वर्षदेखि अझै थपिने जिकिर गर्नुभयो ।
सो कार्यक्रममा सप्तरीका नागरिक समाजका अगुवा, बुद्धिजिवी तथा पत्रकारहरुले मन्त्री यादवलाई सिँचाइमा गर्न लागेको कामको प्रशंसा गर्नुभयो ।
सोही कार्यक्रममा वक्ताहरुले सप्तरीमा खद्यान्नको अभाव बढ्दै गएको र त्यसको आपूर्तिका लागि कृषि तथा सिँचाईमा दीर्घकालिन तथा तत्कालिन नीति ल्याउनु पर्ने सुझाव दिएका छन् ।
कार्यक्तममा हासिम अंसारी, सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष कृपानारायण यादव, चन्द्र नहरका उपभोक्ता समितिका अध्यक्ष बद्री महात्मा, पिताम्बर यादव, जीवछ यादव, शैलेन्द्र चोधरी, पन्चदेव यादव, आभासेतु सिह, विजयानन्द झा, मोहम्मद करिम फकरी, वरिष्ठ पत्रकार शिवहरि भट्राई लगायतहरुले सप्तरीमा सिंचाईको उचित व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ