News Category 2072/12/17
पत्रकार महासंघको स्थापना दिवसमा कार्यक्रम नहुनु दुःखद
दैनिक समाचारदाता
राजबिराज, १६ चैत ।
नेपाल पत्रकार महासंघ ६१ औ बर्षमा प्रवेश गरेको सुखद अवसरमा मंगलबार सप्तरी शाखाले कुनै पनि कार्यक्रम नगरेको प्रति राष्ट्रिय मिडिया पत्रकार संजालले दुःख व्यक्त गरेको छ । संजालका संयोजक जितेन्द्र खड्गाद्वारा जारि विज्ञप्तिमा श्रमजिवी पत्रकारहरुका लागि स्थापना दिवस एउटा उत्सवको दिनमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाले कुनै कार्यक्रम नगर्नु दुःखको विषय भएको जनाइएको छ । असक्षम नेतृत्वका कारण नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पर्व नमनाएकोमा कार्य समितिप्रति खेद ब्यक्त गरिएको छ ।
आफ्नै संस्थाको जन्मदिनलाई सम्झिन नसक्ने कार्यसमितिका नेतृत्वबाट जिल्लामा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत संरक्षण र सम्बद्र्धन हुनेमा पुनः एक पटक गम्भिर आशांका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सप्तरी शाखा आवद्ध सम्पुर्ण संचारकर्मी, सुभेक्षु तथा पाठक वर्गमा महासंघको ६१ औ स्थापना दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ