News Category 2072/12/19
सप्तरीबाट दुई निरीक्षक निष्काशित
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
बिहीबारदेखी सुरु भएको एसएलसी परिक्षाको पहिलो दिन सप्तरीबाट दुई निरीक्षक निष्काशित भएका छन् ।
अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको शम्भुनाथ नगरपालिकास्थित रामदयाल उमावि कचन्दाहा परीक्षा केन्द्रबाट निरिक्षक रामबाबु यादव र रोहित साहलाई निष्काशन गरिएके हो ।
जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सुरेश सिंहले परीक्षा भइरहेको समयमा अमर्यादित क्रियाकलाप गरेका यादव र साहलाई निष्कासन गरिएको जानकारी दिनुभयो ।
यता पहिलो बिषयको परिक्षाका दिन सप्तरीका कुल परीक्षार्थी मध्ये चार सय ३५ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ १ सय ३० जना छात्र, १ सय ९१ ज्ना छात्रा र एक्जेम्पटेडतर्फ ५२ जना छात्र ६२ जना छात्रा अनुपस्थित रहेको अधिकृत सिंहले जानकारी दिनुभयो ।
यस वर्ष नियमित तर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना गरि कुल १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागि भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा १ हजार ५ सय ९३ बढी विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ