News Category 2072/12/20
एसएलसीको दोश्रो दिन तीन निरीक्षक निष्काशित
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
प्रवेशिका एसएलसी परीक्षाको दोश्रो दिन शुक्रबार सप्तरीको दुई परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई निष्काशित गरिएको छ ।
अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको टिकुलिया परीक्षा केन्द्रबाट निरिक्षक शिव दर्शन पासवान र कल्याणपुर परीक्षा केन्द्रबाट श्याम प्रसाद चौधरी र शिव कुमारी चौधरीलाई निष्काशन गरिएको हो ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राईको परीक्षा अनुगमन टोलीले परीक्षा भइरहेको समयमा अमर्यादित क्रियाकलाप गरेका यादव र साहलाई निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखाका प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
यता दोश्रो दिन नेपाली बिषयको परिक्षाका कुल परीक्षार्थी मध्ये चार सय २७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ १ सय ३० जना छात्र, १ सय ९१ ज्ना छात्रा र एक्जेम्पटेडतर्फ ५२ जना छात्र ६२ जना छात्रा अनुपस्थित रहेको चौधरीले जानकारी दिनुभयो ।
यस वर्ष नियमित तर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना गरि कुल १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागि भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा १ हजार ५ सय ९३ बढी विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ