News Category 2072/12/20
एसएलसीको दोश्रो दिन तीन निरीक्षक निष्काशित
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
प्रवेशिका एसएलसी परीक्षाको दोश्रो दिन शुक्रबार सप्तरीको दुई परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई निष्काशित गरिएको छ ।
अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको टिकुलिया परीक्षा केन्द्रबाट निरिक्षक शिव दर्शन पासवान र कल्याणपुर परीक्षा केन्द्रबाट श्याम प्रसाद चौधरी र शिव कुमारी चौधरीलाई निष्काशन गरिएको हो ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राईको परीक्षा अनुगमन टोलीले परीक्षा भइरहेको समयमा अमर्यादित क्रियाकलाप गरेका यादव र साहलाई निष्कासन गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखाका प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
यता दोश्रो दिन नेपाली बिषयको परिक्षाका कुल परीक्षार्थी मध्ये चार सय २७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ १ सय ३० जना छात्र, १ सय ९१ ज्ना छात्रा र एक्जेम्पटेडतर्फ ५२ जना छात्र ६२ जना छात्रा अनुपस्थित रहेको चौधरीले जानकारी दिनुभयो ।
यस वर्ष नियमित तर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना गरि कुल १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागि भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा १ हजार ५ सय ९३ बढी विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ