News Category 2072/12/21
भारत इयुले जारि गरेको विज्ञप्तिको कदर गर्छौ ः महन्थ ठाकुर माग सम्बोधन नभएसम्म निर्वाचन नगर्न सरकारलाई सचेत
राजविराज÷तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलन स्थगित नभएको बताउँदै आम हड्ताल र नाका केन्द्रित आन्दोलन मात्र हाललाई स्थगित भएको बताउनु भएको छ ।
शनिबार सप्तरी सदरमुकाम राजविराजमा पार्टीको केन्द्रिय समिति बैठक पश्चात् आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली अहिले अत्यन्त भयभित भएको उल्लेख गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीलाई आफ्नै पार्टीको नेताहरुबाट असहयोग भइरहेको तथा सरकारका सहयोगि दलहरुबाट असन्तुष्टि भएकै कारण भयभित भएर जताभावी बोल्दै हिडेको आरोप लगाउनुभयो ।
नेपालमा निश्चित समयभित्र संवैधानिक समस्या समाधान गर्न भारत र इयुले जारि गरेको विज्ञप्ति प्रति लक्षित गर्दै अध्यक्ष ठाकुरले नेपालको मन्त्रिपरिषद्ले गरेको निर्णय बमोजिम नै विज्ञप्ति जारि गरिएको दाबी गर्नुभयो । उहाँले यसमा प्रधानमन्त्रीले असन्तुष्टि गर्ने कुनै तथ्य नरेहको समेत स्पष्ट पार्नुभयो ।
उहाँले नेपालको संविधानलाई अन्तर्राष्ट्रिय मुल्य मान्यता र समावेशिताको सिद्धान्त अनुरुप समय सीमा भित्र बहुसंख्यक मधेशी, आदीवासी, जनजाती, थारु, मुश्लिम लगायतले विभेदको बिरुद्धमा गरेको न्यायपूर्ण, अधिकार आन्दोलनलाई कदर गरेको ठहर गरिएको जिकिर गर्नुभयो ।
राज्य र शासक वर्गका नेतृत्वकर्ताले गरिरहेको अभिव्यक्ति र क्रियाकलापले योजनाबद्ध षडयन्त्रद्वारा उग्रराष्ट्रवादको हतियार प्रयोग गरि देशवासीहरुबीच विभाजन गर्ने, लोकतन्त्रका मुलभुत मान्यताहरुको अवमुल्यन गर्ने कार्य भइरहेको आरोप समेत लगाउनुभयो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिएको ११ बुँदे मागहरु चैत मसान्त भित्र पुरा नभए आन्दोलन झन तिब्र पार्ने चेतावनी उहाँले दिनुभयो । अध्यक्ष ठाकुरले सरकार अहिले मधेशको मुद्दा बारे ध्यान नदिएर सरकार कसरी टिकाउनेप्रति बढी ध्यान केन्द्रित गरिरहेको आरोप समेत लगाउनुभयो ।
पार्टीको शनिबारै सम्पन्न केन्द्रिय समितिको बैठकले ९ बुँदे प्रस्ताव जारि गर्दै मोर्चाले एकतर्फी रुपले देखाएको सदाशयतालाई वेवास्ता गरि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलद्वारा देखाएको उदासिनताले देशलाई पुनः मुठभेड र नयाँ द्वन्द्वमा धकेल्ने आरोप लगाइएको छ ।
जारि गरिएको प्रस्तावमा ११ बुँदे माग सम्बोधन नभएसम्म देशमा कुनै पनि प्रकारको निर्वाचनको औचित्य नरहेकोले सो माग सम्बोधन पश्चात् मात्र कुनै निर्वाचन गराउन सरकारलाई सचेत समेत गराएको छ ।
त्यस्तै तराई मधेश, थरुहट आन्दोलनका शहिद परिवार र घाईते परिवारको भरणपोषण र निजका सन्तानलाई सहयोग गर्न मधेशी जनता र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कर्तव्य भित्र पर्ने भएकोले बैठकले शहिद र घाईते परिवारलाई सहयोग गर्न पार्टीको तर्फबाट अभियानलाई अगाडी बढाउने, आम हडतालबाट प्रभावित हुन पुगेको राजस्व असुली, बैंक ब्याज, शिक्षण शुल्क, विद्युत महशुल तथा शुल्कमा लगाईएको जुर्माना मिनाहा गर्नुपर्ने प्रस्तावहरु पारित गरेको छ ।
सो पत्रकार सम्मेलनमा पार्टीका शवेन्द्रनाथ शुक्ल, ह्देश त्रिपाठी, जितेन्द्र सोनल लगायत झापादेखी महोत्तरीसम्मका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ