News Category 2072/12/21
भ्रष्टाचारमा स्वयंम सरकार संलग्न ः नेकपा संयुक्त
राजविराज÷नेपाल कम्युनिष्ट पार्टी संयुक्तको नवौं महाधिवेशनको चौथो पोलिटब्युरो बैठक तथा प्रथम प्रादेशिक भेलाले विभिन्न आठ बुँदे निर्णयहरु गरेको छ ।
राजविराजमा शनिबार सम्पन्न भेलाबाट पार्टीका अध्यक्ष गणेश शाहद्वारा जारी विज्ञप्तीमा मधेश आन्दोलनमा घाईते भएकाहरुको यथाशिघ्र स्वास्थ्य, उचित क्षतिपुर्ति, उपचार खर्च उपलब्ध गराउनुपर्ने तथा आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति शोक प्रस्ताव समेत पारित गरिएको छ ।
त्यस्तै वर्तमान सरकार मुलुकको स्थिति यथावत राखि कालोबजारी, महँगी, भ्रष्टाचारमा स्वयं संलग्न रहेको भन्दै आम जनतालाई शान्ति सुरक्षा दिन नसकेको, आम नागरिकको जनजीवन समान्य र सहज गर्नुपर्ने, भुकम्पबाट पीडित रहेकाहरुलाई पुर्ननिर्माण कार्य सरकारले गर्नुपर्ने तथा तीन दलको दलिय केन्द्रिय स्वार्थ र भागबण्डाको कारणले पीडितहरु पानी, हावाहुरीबाट खुल्ला आकाशमुनि बस्न बाध्य रहेको अवस्थामा पुर्न निर्माण कार्य गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै संविधान घोषणा भईसकेपछि राजनैतिक अन्र्यालता झन विकसित भएको तथा वर्तमान सरकारमा रहेका दल र प्रतिपक्षमा रहेका दलहरुले सहमतिको आधारमा निकासको खोजी समाधान गर्न आवश्यक रहेकोमा ठुला दलका नेताहरु सहमति सहकार्यको बाटो नलिई बहुमतको आडमा दमन गरी अगाडी बढिरहेकाले द्वन्द्वलाई आमन्त्रण गरेको जनाइएको छ ।
यसैगरी चिन भ्रमण तत्काल नेपालको लागि आवश्यक देखिएको विषयमा एजेन्डामा नपर्नु, ती विषयमा सन्धि, सम्झौता नहुनु नेपाल पक्षबाट रहेका कमजोरी हुन गएको, यातायात र पारवहन सन्धिले नेपालको उत्तरी सिमालाई अन्य देशहरुसँगको सम्बन्ध सम्पर्कलाई खुल्ला भएकोमा चिन लगायत अन्य मित्र राष्ट्रहरुसँगको पहुँच सहज गरेको यसलाई सही रुपमा उपभोग गर्न सकियो भने दिर्घकालिन फाईदा लिन सकिने तर यसका लागि पुर्वाधार निर्माूणमा नेपालको तदारुखता साथ पहलकदमी गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ ।
यस्तै पार्टी मधेश लगायतका देशका विभिन्न क्षेत्र, जाति, धर्म, भाषा तथा लिंगको आधारमा गरिने विभेदको अन्त्य हुनुपर्नेमा जोड दिदै यो पार्टी नीति रहेको र यसै आधारमा मधेश आन्दोलनमा उठेका जनसरोकार जायज मागहरुको समर्थन गर्दै मधेश प्रति गरिने विभेद र थिचोमिचोको विरोध गर्दै आएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ