News Category 2072/12/21
२०४२ सालका बम काण्डमा संलग्न लक्ष्मण सिंहको निधन
राजविराज÷जनवादी मोर्चा, नेपालका पूर्व महासचिव एवं गणतान्त्रिक योद्धा लक्ष्मण प्रसाद सिंहको शनिबार विहान भारतमा निधन भएको छ ।
गणतन्त्रवादी पहिलो नेता स्व.रामराजा प्रसाद सिंहसँगै नेपालमा फाँसी तथा सर्वस्वहरणको सजाय पाएका लक्ष्मण सिंहको ७७ वर्षको उमेरमा शनिबार विहान उपचारको क्रममा भारतको जमशेदपुर अस्पतालमा निधन भएको हो ।
उहाँको निधन बारे उनका भतिजा तथा नयाँ शक्ति नेपालका नेता डा.मनोज कुमार सिंहले जानकारी दिनुभयो । उहाँ धेरै दिनदेखी बिरामी हुनुहुन्थ्यो ।
विस २०४२ सालको बमकाण्डका प्रमुख मध्येका एक सिंहलाई पञ्चायती व्यवस्थामा फाँसीको सजाय दिइएको थियो । उहाँ स्व. रामराजा प्रसाद सिंहसँगै वर्षौसम्म भारतमा अप्रवासन जिवन बिताउनु भएको थियो । २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सरकारले उहाँहरुलाई आममाफि दिएको थियो ।
स्व. सिंह रामराजा प्रसाद सिंहका माइला भाई हुन् । उहाँ आफ्नो राजविराजस्थित घरमा बस्दै आउनु भएको थियो । स्व.सिंहका चार जना छोरा छोरी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ