News Category 2070/05/15
ग्याङ्ग फाइटमा एकको मृत्यु मुख्य आरोपीसहित ६ जना पक्राउ
दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
राजविराजस्थित हटियामा बिहीबार राती मेलामा भएको ग्याङ्ग फाइटको क्रममा छुरा प्रहार गरि एकजना विद्यार्थीको हत्या भएको छ ।
राजविराज ३ निवासी १७ वर्षिय अनिल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना भएको १२ घण्टा नबित्दै सप्तरी प्रहरीले छुरा प्रहार गर्ने मुख्य आरोपी राजविराज ७ निवासी २१ वर्षिय रबिन मण्डलसहित ६ जनालाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख दिनेश अमात्यले जानकारी दिनुभयो ।
यसरी पक्राउ पर्नेहरुमा सप्तरी खड्गपुर ५ निवासी १७ वर्षिय रुपचन्द्र यादव, राजविराज ७ निवासी १८ वर्षिय बिशालकुमार राउत, १८ वर्षिय कृष्ण यादव, २१ वर्षिय सुरज मेहतर, २१ वर्षिय रविन मण्डल र १९ वर्षिय सुरेन्द्र साह रहेका छन् ।
राजविराज वडा नं. ७ र ३ का यूवा समूहबीच भएको फाइटका क्रममा मण्डललाई छुरा प्रहार गरि गम्भिर घाइते बनाएपछि स्थानीयहरुले राजविराजस्थित गजेन्द्र नारायणसिंह अंचल अस्पतालमा उपचारका लागि भर्ना गरेको थिए ।
सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता मुख्य आरोपी रबिन मण्डलले आफूलाई अनिल मण्डलले ढुङ्गा प्रहार गरेकोले छुरा प्रहार गरेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ