News Category 2070/05/15
ग्याङ्ग फाइटमा एकको मृत्यु मुख्य आरोपीसहित ६ जना पक्राउ
दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
राजविराजस्थित हटियामा बिहीबार राती मेलामा भएको ग्याङ्ग फाइटको क्रममा छुरा प्रहार गरि एकजना विद्यार्थीको हत्या भएको छ ।
राजविराज ३ निवासी १७ वर्षिय अनिल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना भएको १२ घण्टा नबित्दै सप्तरी प्रहरीले छुरा प्रहार गर्ने मुख्य आरोपी राजविराज ७ निवासी २१ वर्षिय रबिन मण्डलसहित ६ जनालाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख दिनेश अमात्यले जानकारी दिनुभयो ।
यसरी पक्राउ पर्नेहरुमा सप्तरी खड्गपुर ५ निवासी १७ वर्षिय रुपचन्द्र यादव, राजविराज ७ निवासी १८ वर्षिय बिशालकुमार राउत, १८ वर्षिय कृष्ण यादव, २१ वर्षिय सुरज मेहतर, २१ वर्षिय रविन मण्डल र १९ वर्षिय सुरेन्द्र साह रहेका छन् ।
राजविराज वडा नं. ७ र ३ का यूवा समूहबीच भएको फाइटका क्रममा मण्डललाई छुरा प्रहार गरि गम्भिर घाइते बनाएपछि स्थानीयहरुले राजविराजस्थित गजेन्द्र नारायणसिंह अंचल अस्पतालमा उपचारका लागि भर्ना गरेको थिए ।
सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता मुख्य आरोपी रबिन मण्डलले आफूलाई अनिल मण्डलले ढुङ्गा प्रहार गरेकोले छुरा प्रहार गरेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ