News Category 2072/12/23
परिक्षामा अमर्यादित क्रियाकलाप गरेका ६ जना निरीक्षक निष्काशित
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
प्रवेशिका परीक्षाको चौथो दिन सोमबार सप्तरीबाट ६ जना निरीक्षक निष्काशित भएका छन् । जिल्लाको वभनगामाकट्टी परिक्षा केन्द्रबाट चार तथा डिमन परिक्षा केन्द्रबाट दुई जना निष्काशनमा परेका छन् ।
परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेका वभनगामाकट्ी परीक्षा केन्द्रबाट निरीक्षकहरु सुरेन्द्र प्रसाद यादव, अविनाश यादव, प्रविण कुमार दास र विजय कुमार यादव र मावि डिमन परीक्षा केन्द्रबाट बिनोद कुमार मण्डल र सरोज कुमार यादवलाई निष्काशन गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
लबैशाखको शुरुमा महाभुकम्प र ६ महिनाको मधेश आन्दोलनका कारणले यस वर्ष जिल्लामा सामुदायिक विद्यालयका विद्यार्थीहरु पढाईबाट बञ्चित रहेका थिए । तर, त्यसपश्चात् पनि जिल्लामा शान्तिपुर्ण तरीकाबाट विद्यार्थीहरुले परीक्षा दिदै आएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
यता परिक्षा सुरु भएको पहिलो, दोश्रो र तेश्रो दिन गरि सप्तरीको दुई परीक्षा केन्द्रबाट तीन जना तथा अर्को परिक्षा केन्द्रबाट दुई निरीक्षक निष्काशित भइसकेका छन् ।
अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको टिकुलिया परीक्षा केन्द्रबाट निरिक्षक शिव दर्शन पासवान र कल्याणपुर परीक्षा केन्द्रबाट श्याम प्रसाद चौधरी र शिव कुमारी चौधरीलाई निष्काशित भएका छन् भने अमर्यादित क्रियाकलाप गरेको भन्दै जिल्लाको शम्भुनाथ नगरपालिकास्थित रामदयाल उमावि कचन्दाहा परीक्षा केन्द्रबाट निरिक्षक रामबाबु यादव र रोहित साहलाई निष्काशन गरिएको छ ।
यस्तै परिक्षाको तेश्रो दिन बसविट्टी गाविसस्थित जनता मावि केन्द्रबाट कार्यालय सहयोगि गुन्जेश्वर साहलाई परिक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
यस वर्ष नियमित तर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना गरि कुल १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु एसएलसी परीक्षामा सहभागि भएको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा १ हजार ५ सय ९३ बढी विद्यार्थीहरु परिक्षामा सहभागि भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ