News Category 2072/12/25
स्थानियलाई चर्पी बनाउन दवाब दिने निकायमै चर्पी छैन
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
सन् २०१६ सम्ममा सप्तरीलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्य रहेपनि सप्तरीका अधिकांश गाविस कार्यालयहरुमै चर्पी छैन् ।
सन् २०१७ सम्ममा नेपाललाई र सन् २०१६ सम्ममा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेपनि सप्तरीका ९१ गाउँ विकास समितिहरु मध्ये अधिकांश गाविसको कार्यालयहरुमा चर्पी नरहेको पाईएको छ ।
जिल्लाको मलेकपुर, बेल्ही चपेना, गम्हरिया प्रवाहा, सिम्रहा सिंग्यौन, नर्घो, झुटकी, बनैनियाँ, ईटहरी विष्णुपुर, कोचाबखारी, छिन्नमस्ता, बरही बिरपुर, रम्पुरा मल्हनिया, लौनिया, तिलाठी, औरही, भुतही लगायतका अधिकांश गाउँ विकास समितिको कार्यालयहरुमै चर्पी नरहेको श्रोतको दाबी छ ।
चर्पी नहुँदा खासगरी आवश्यक कामकाजका लागि विभिन्न स्थानबाट आउँने स्थानीय सेवाग्राहीहरुलाई दिसा पिसाव फेर्नमा निकै समस्या आउँने गरेको सेवाग्राहीहरुको गुनासो रहेको छ । यसैक्रममा जिल्लाको मलेकपुर गाविस भवनमा अधुरै चर्पी रहेका कारणले आफु सेवाग्राहीहरुलाई काम विशेषले आउँदा निकै समस्या खेप्नु परेको स्थानीय रमेश कुमार यादवको गुनासो छ ।
यता विभिन्न गाविसका स्थानियहरुलाई घर घरमा चर्पी बनाउन विभिन्न खाले सरकारी नियम सिकाउँदै हिडेका सरोकारवाला संस्थाहरुले गाउँ विकास समितिहरुमा चर्पी बनाउँने तर्फ ध्यान दिन सकेका छैन् ।
सो निकायले स्थानियहरुले घर घरमा चर्पी नबनाए सरकारी स्तरबाट पाउने विभिन्न सेवा सुविधाबाट कटौती गर्ने निर्णय समेत गरेको छ ।
हाल सम्ममा सप्तरीको १८ वटा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा भएपनि बाँकी गाविसहरुलाई सन २०१६ सम्ममा खुल्ला दिसा मुक्त गाविस घोषणा गरी सन २०१६ मा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेको जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालयका प्रमुख एवं जिल्ला स्तरीय खानेपानी सरसफाई समन्वय समितिका सदस्य सचिव ई.लोकेन्द्र प्रसाद यादवको भनाई रहेको छ ।
उहाँका अनुसार जुन गाउँ विकास समितिको कार्यालयहरुमा चर्पी छैन ती गाउँ विकास समितिहरुमा अविलम्व पहिला नै चर्पी बनाउँन अनुरोध गरिएको छ ।
यता सो सम्बन्धमा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत नवराज खड्काले नेपाल सरकारको गुरु योजना अनुसार सन २०१६ सम्ममा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्नुपर्ने भएकाले जुन गाउँ विकास समितिहरुमा चर्पी छैन,ास् त्यहा छिटै नै चर्पी नबनाए त्यहाँका गाविस सचिवहरुको तलब भक्ता समेत रोक्का गर्ने जानकारी दिनुभयो ।
स्थानियहरुलाई घर घरमा चर्पी नबनाए विभिन्न सरकारी सेवा सुविधाबाट कटौती गर्न दवाब दिदै आएको सो निकायलाई अब जनताले कुन सुविधाबाट बञ्चित गर्ने हो भन्ने प्रश्न जनमानसमा उब्जिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ