News Category 2072/12/26
जिल्ला परिषद्को उद्घाटन गर्ने विषयमा आन्दोलनरत मोर्चा र चार दलबीच विवाद जिल्ला परिषद् बहिष्कार गर्ने मोर्चाको चेतावनी
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
आन्दोलनरत मधेशी मोर्चा सप्तरीले जिल्ला विकास समितिको योजना तर्जुमा बिहिबार बहिष्कार गरेका छन ।
चैत २९ गते हुन लागेको २२ औं जिल्ला परिषद्को उद्घाटन गराउने विषयमा आन्दोलनरत पक्ष तथा सतारुढ दल र प्रतिपक्ष दलबीच विवाद भएपछि मधेशी मोर्चाले योजना तर्जु बहिष्कार गरेको हो ।
मधेशी मोर्चाले २२ औं जिल्ला परिषद्को उद्घाटन मधेश आन्दोलनका ३ पहिलो शहिद राजिव राउतका पत्नी निलमलाई बनाउने अडान लिदै आएकोमा नेकपा एमाले, एमाओवादी, नेपाली काग्रेंस र राप्रपा नेपालले सो विषयमा असहमति जनाएपछि एकीकृत योजना तर्जुमाको ब्यानर समेतमा आगजनी गर्दै नारा लगाई प्रदर्शन गरेका मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
संयोजक मण्डलले तेश्रो आन्दोलनका पहिलो शहिद राजिव राउतकी श्रीमति निलम देवी राउतबाट २२ औं जिल्ला परिषदको उदघाटन गर्नुपर्ने तथा बाँकी शहिदहरुलाई सम्मान गर्ने प्रस्ताव मधेशी मोर्चाबाट आएपछि ती चार पार्टीको असहमतिका कारण योजना तर्जुमा अवरोध गरिएको तथा सहमति नभएपछि छिटै मोर्चाको बैठकले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार मोर्चाले सो सम्बन्धमा स्थानीय विकास अधिकारीलाई समेत जानकारी दिईसकेको तथा सो निर्णय नगरेसम्म जिल्ला परिषद तथा अन्य कार्यक्रमहरु नगर्न अनुरोध समेत गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा मोर्चाका संयोजक मण्डलसहित सदभावना पार्टीका नेता सत्यनारायण यादव, दिनेश यादव, विद्यार्थी मंचका राष्ट्रीय अध्यक्ष किशोर कुमार यादव, सदभावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्षमण यादव, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादव, तमलोपा जिल्ला अध्यक्ष रामपृत यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, फोरम गनतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, युवा विद्यार्थी मोर्चाका नेताहरु फनिकान्त झा, भूपेंद्र यादव, रामसपाका जिल्ला उपाध्यक्ष बैजू दास लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ