News Category 2072/12/26
जिल्ला परिषद्को उद्घाटन गर्ने विषयमा आन्दोलनरत मोर्चा र चार दलबीच विवाद जिल्ला परिषद् बहिष्कार गर्ने मोर्चाको चेतावनी
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
आन्दोलनरत मधेशी मोर्चा सप्तरीले जिल्ला विकास समितिको योजना तर्जुमा बिहिबार बहिष्कार गरेका छन ।
चैत २९ गते हुन लागेको २२ औं जिल्ला परिषद्को उद्घाटन गराउने विषयमा आन्दोलनरत पक्ष तथा सतारुढ दल र प्रतिपक्ष दलबीच विवाद भएपछि मधेशी मोर्चाले योजना तर्जु बहिष्कार गरेको हो ।
मधेशी मोर्चाले २२ औं जिल्ला परिषद्को उद्घाटन मधेश आन्दोलनका ३ पहिलो शहिद राजिव राउतका पत्नी निलमलाई बनाउने अडान लिदै आएकोमा नेकपा एमाले, एमाओवादी, नेपाली काग्रेंस र राप्रपा नेपालले सो विषयमा असहमति जनाएपछि एकीकृत योजना तर्जुमाको ब्यानर समेतमा आगजनी गर्दै नारा लगाई प्रदर्शन गरेका मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
संयोजक मण्डलले तेश्रो आन्दोलनका पहिलो शहिद राजिव राउतकी श्रीमति निलम देवी राउतबाट २२ औं जिल्ला परिषदको उदघाटन गर्नुपर्ने तथा बाँकी शहिदहरुलाई सम्मान गर्ने प्रस्ताव मधेशी मोर्चाबाट आएपछि ती चार पार्टीको असहमतिका कारण योजना तर्जुमा अवरोध गरिएको तथा सहमति नभएपछि छिटै मोर्चाको बैठकले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार मोर्चाले सो सम्बन्धमा स्थानीय विकास अधिकारीलाई समेत जानकारी दिईसकेको तथा सो निर्णय नगरेसम्म जिल्ला परिषद तथा अन्य कार्यक्रमहरु नगर्न अनुरोध समेत गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा मोर्चाका संयोजक मण्डलसहित सदभावना पार्टीका नेता सत्यनारायण यादव, दिनेश यादव, विद्यार्थी मंचका राष्ट्रीय अध्यक्ष किशोर कुमार यादव, सदभावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्षमण यादव, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादव, तमलोपा जिल्ला अध्यक्ष रामपृत यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, फोरम गनतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, युवा विद्यार्थी मोर्चाका नेताहरु फनिकान्त झा, भूपेंद्र यादव, रामसपाका जिल्ला उपाध्यक्ष बैजू दास लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ