News Category 2070/05/15
सर्वपक्षिय संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम स्थगित
दैनिक संवाददाता
राजविराज, १४ भदौं ।
करिब डेढ महिनादेखि बेपत्ता बरिष्ठ अहेब छेदीलाल साहलाई लुटेरा समुहले हत्या गरेको ताप्लेजुङ्गको स्थानिय प्रशासनले पुष्टी गरेपछि सर्वपक्षिय संघर्ष समितिले सप्तरीमा गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
सप्तरीको खोक्सर प्रवाहा गाविस निवासी बरिष्ठ अहेबको रुपमा ताप्लेजुङ्गको महाश्रीङ इलाका स्वास्थ्य चौकीमा कार्यरत साह ताप्लेजुङ्ग सदरमुकाम फुङ्लिङ्गबाट गोष्ठी सकेर कार्यक्षेत्र फर्किने क्रममा गत असार २४ गतेदेखि बाटोबाटै बेपत्ता भएका थिए ।
बरिष्ठ अहेब साहको खोजतलाशको माग गर्दै स्थानिय राजनीतिक दल र स्थानियबासीहरु पुर्वपश्चिम राजमार्गमा चक्काजाम लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।
सप्तरीका पेशागत संघसंगठनका प्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी तथा संघसंस्थाका प्रतिनिधीहरुका आज जिविस सप्तरीमा भएको सर्वपक्षिय बैठकमा ताप्लेजुङ्गको स्थानिय प्रशासनको तर्फबाट बरिष्ठ अहेब छेदीलाल साहलाई गत असार २४ गते नै लुटेरा समुहले साथमा रहेको नगद लुटेर हत्या गरी नदीमा फ्याकेको र त्यसमा संलग्न लुटराहरुलाई पक्राउ गरेको जानकारी प्राप्त भएपछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको हो ।
बैठकले घट्नाको अनुसन्धान गरी भदौ १८ गतेसम्म पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ्गको स्थानिय प्रशासनलाई सम्पुर्ण ब्योहोरा सार्वजनिक गर्न माग गर्दै सो अबधीसम्म आन्दोलनका कार्यक्रम नगर्ने निर्णय गरेको जनाएको छ ।
यस्तै बैठकले संघर्ष समितको आन्दोलनका क्रममा प्रहरीले दमन गरेको भन्दै आवश्यक छानबिन गरी दोषी प्रहरमिाथि कार्वाही गर्न माग गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ