News Category 2072/12/27
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख १३ देखी १५ गतेसम्म
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख १३ देखी १५ गतेसम्म न.उ.प.मा.वि ओद्राहा सप्तरीमा हुने भएको छ ।
सो प्रतियोगिता संचालन बारे शुक्रबार जिल्ला खेलकुद विकास समिति सप्तरीको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख लक्ष्मण मण्डलले युवा तथा खेलकुद मन्त्रालयको तत्वधानमा राष्ट्रिय खेलकुद परिषदको संयोजन तथा जिल्ला शिक्षा कार्यालयको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा माध्यमिक विद्यालय स्तरीय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना हुन लागेकोले त्यसमा सम्पुर्ण जिल्लाबासीहरुलाई सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।
यसअघि जिल्लाको क्षेत्र नं. १, ४ र ६ मा चैत १ देखी ७, क्षेत्र नं. २, ३ र ४ मा ९ देखी १० गतेसम्म क्षेत्रिय स्तर प्रतियोगिता हुने जनाइएको छ ।
सो जिल्ला स्तरीय प्रतियोगितामा भलिवल छात्र छात्रा, एथलेटिक्स, कबडि, मार्सल आर्टसतर्फ कराँते (सितोरियो), तेक्वान्दो र उसु सहितका खेलहरु आयोजना हुने तथा सो प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयहरुलाई क्रमश मार्सल आर्टका खेल बाहेक एथलेटिक्स भलिबल र कबडी खेलमा विजयी भए वापत पाएको अंक जोड्दा सर्वाधिक अंक हासिल गरी प्रथम हुने विद्यालयलाई शिल्ड सहित नगद १५ हजार र प्रमाणपत्र, दोश्रो र तेश्रो हुनेलाई क्रमश १२ हजार र ९ हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ