News Category 2072/12/28
बेल्ही चेपनावासीद्वारा “एक घर एक चर्पी” निर्माणमा प्रतिबद्धता
राजविराज÷सप्तरीको बेल्ही चपेनाका महिलाहरु एक घर एक चर्पी निर्माण कार्यमा सामुहिक रुपमा लागिपर्ने प्रतिवद्धता जनाएका छन ।
“जकर घरमे चर्पी नैं ओकर घर मे शादी नै” भन्ने मुल नाराका साथ जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजको आयोजनामा बेल्ही चपेना गाविसमा आयोजित गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरुको काम, कर्तव्य र भावी कार्यक्रमको बारेमा एक दिने सहजिकरण कार्यक्रममा सहभागि महिलाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं मधेशी मोर्चाका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलले अगामी असार महिलासम्म बेल्ही चपेना गाविसलाई पुर्ण खोप गाविस र खुल्ला दिसा मुक्त गाविस घोषणा गर्नका लागि सम्पुर्ण सरोकारबाला निकायहरु एक जुट भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बेल्ही चपेना गाविसलाई गुँह मुक्त गाविस घोषणा गर्नका लागि सम्पुर्ण भिवासिसीका पदाधिकारीहरुलाई अनुरोध गर्नुभयो ।
स्वास्थ्य चौकीका प्रमुख एवं भिवासिसीका सदस्य सचिव सत्य नारायण ठाकुरको अध्यक्षतामा आयोजित सो सहजिकरण कार्यक्रममा आरआरएन नेपालका फिल्ड अधिकृत मुरारी शुक्ला, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला सदस्य राज कुमार मण्डल, एमसिडीसी नेपालका बिरेन्द्र कुमार मण्डल, समाजसेविद्वय सियाराम मण्डल, रामकिसुन यादव, चुनचुन साह, युवा नेता शिवजी मण्डल, वडा नागरिक मंच ५ का अध्यक्ष भुवनेश्वर मण्डल, ८ का अध्यक्ष जिवन साह, सामाजिक परिचालिका बबिता देवी मण्डल, महिला स्वास्थ्य स्वयंसेविका पुर्णिमा देवी, सबल नेपालका प्रमुख प्रज्वलक अमरेश कुमार यादव लगायतका बक्ताहरुले गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्नका लागि सबैजना मिलेर अगाडी बढने सामुहिक रुपमै प्रतिवद्धता जनाउनुभयो ।
सो सहजिकरण कार्यक्रममा स्वागत मन्तव्य स्थानीय प्रजवलक टुना लाल ठाकुरले ब्यक्त गर्नुभएको थियो भने सजिकरण सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादवले गर्नुभएको थियो ।
त्यस्तै जिल्लाको गम्हरिया प्रवाहा गाविसलाई अगामी जेष्ठ महिना भित्र र कबिलासा गाविसलाई असार महिनाभित्र खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने प्रतिवद्धता स्थानीय सरोकारबालाहरुले जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ