News Category 2072/12/28
बेल्ही चेपनावासीद्वारा “एक घर एक चर्पी” निर्माणमा प्रतिबद्धता
राजविराज÷सप्तरीको बेल्ही चपेनाका महिलाहरु एक घर एक चर्पी निर्माण कार्यमा सामुहिक रुपमा लागिपर्ने प्रतिवद्धता जनाएका छन ।
“जकर घरमे चर्पी नैं ओकर घर मे शादी नै” भन्ने मुल नाराका साथ जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजको आयोजनामा बेल्ही चपेना गाविसमा आयोजित गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरुको काम, कर्तव्य र भावी कार्यक्रमको बारेमा एक दिने सहजिकरण कार्यक्रममा सहभागि महिलाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं मधेशी मोर्चाका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलले अगामी असार महिलासम्म बेल्ही चपेना गाविसलाई पुर्ण खोप गाविस र खुल्ला दिसा मुक्त गाविस घोषणा गर्नका लागि सम्पुर्ण सरोकारबाला निकायहरु एक जुट भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बेल्ही चपेना गाविसलाई गुँह मुक्त गाविस घोषणा गर्नका लागि सम्पुर्ण भिवासिसीका पदाधिकारीहरुलाई अनुरोध गर्नुभयो ।
स्वास्थ्य चौकीका प्रमुख एवं भिवासिसीका सदस्य सचिव सत्य नारायण ठाकुरको अध्यक्षतामा आयोजित सो सहजिकरण कार्यक्रममा आरआरएन नेपालका फिल्ड अधिकृत मुरारी शुक्ला, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला सदस्य राज कुमार मण्डल, एमसिडीसी नेपालका बिरेन्द्र कुमार मण्डल, समाजसेविद्वय सियाराम मण्डल, रामकिसुन यादव, चुनचुन साह, युवा नेता शिवजी मण्डल, वडा नागरिक मंच ५ का अध्यक्ष भुवनेश्वर मण्डल, ८ का अध्यक्ष जिवन साह, सामाजिक परिचालिका बबिता देवी मण्डल, महिला स्वास्थ्य स्वयंसेविका पुर्णिमा देवी, सबल नेपालका प्रमुख प्रज्वलक अमरेश कुमार यादव लगायतका बक्ताहरुले गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्नका लागि सबैजना मिलेर अगाडी बढने सामुहिक रुपमै प्रतिवद्धता जनाउनुभयो ।
सो सहजिकरण कार्यक्रममा स्वागत मन्तव्य स्थानीय प्रजवलक टुना लाल ठाकुरले ब्यक्त गर्नुभएको थियो भने सजिकरण सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादवले गर्नुभएको थियो ।
त्यस्तै जिल्लाको गम्हरिया प्रवाहा गाविसलाई अगामी जेष्ठ महिना भित्र र कबिलासा गाविसलाई असार महिनाभित्र खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने प्रतिवद्धता स्थानीय सरोकारबालाहरुले जनाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ