News Category 2072/12/30
सप्तरी र सिरहामा आगलागी हुँदा लाखौको क्षति
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
सप्तरी र सिरहामा सोमबार आगलागि हुँदा करिब ११ लाख बराबरको क्षति भएको छ ।
सप्तरीको नेगडा गाविस २ मा सोमबार आगलागी हुँदा करिब ४० हजारको क्षति भएको छ । स्थानीय शिव नारायण साहको टाटी, फुसको छानो भएको घरमा अचानक आगलागि हुँदा घर भित्र रहेका लत्ताकपडा,खाद्यान्न समेत जली सो मुल्य बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबिच आगलागीबाट कुनै मानविय र चौपाय क्षति नभएको तथा आगलागी प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यसैबिच सिरहाको चिकना गाविस २ मा सोमबार बिहान आगलागी हुँदा ६ घर जलेको छ ।
चिकना गाविस २ बस्ने लक्ष्मण यादवको घरमा बालेको घुरबाट सोमबार बिहान आगो सल्किदा आगलागी भएको हो ।
आगलागीबाट लक्ष्मण यादवसहित उनका छिमेकी सोभित यादव, महेन्द्र यादव, असेश्वर यादब, जगदिस फरियार र रामवतन ठोरीयाको ६ घर जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षती भएको बताइएको छ ।
आगलागी स्थानीयवासी, प्रहरी र दमकलको प्रयासमा नियन्त्रणमा आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ