News Category 2072/12/30
हरिहरपुरका अग्निपीडित परिवारलाई राहत
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
सप्तरीको हरीहरपुर गाविसका अग्निपिडित परिवारलाई सोमबार एक संस्थाले राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरेको छ ।
हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा हरिहरपुर गािवसका ८ जना अग्निपीडित परिवारलाई राहत प्रदान गरेको हो ।
क्लवका अध्यक्ष एवं समाजसेवी ई.सुर्य नारायण यादवको अध्यक्षता तथा पुर्व सांसद असर्फी सदाको प्रमुख आतिथ्यमा आयोजित सो राहत वितरण समारोहमा गाविस सचिव मिश्री लाल यादव, हरीहरपुर गाविसका विवर्तमान गाविस अध्यक्ष बद्री नारायण चौधरी, स्वास्थ्य चौकी प्रमुख राज कुमार यादव, जनता निमावि मैटकडीका प्रअ हंसराज चौधरी, थारु कल्याणकारीणी सभा सप्तरीका अध्यक्ष अरुण कुमार चौधरी, साना किसान सहकारी संस्थाकी अध्यक्ष आशा कुमारी चौधरी, स्थायी क्लव सितापुरका अध्यक्ष भवानी चौधरी लगायतकाहरुले त्यहाँका अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरियो ।
गत चैत्र २७ गतेमा हरिहरपुरमा भएको आगलागीमा परी स्थानीय बिन्देश्वर चौधरी, भुलटी देवी चौधरी, असर्फी सदा, बुतुर सदा, विष्णुदेव विश्वकर्मा, बच्चालाल माईल, शशि चौधरी र भोला चौधरीलाई राहत स्वरुप त्रिपाल १ थान, थाल ५ थान, ग्लास ५ थान, कराही १ थान, डेक्ची १ थान, टण्डु पैन्यु १ थान, धोती, साडी, सर्ट, पेन्ट लगायतका सामगी्रहरु प्रदान गरिएको क्लवका अध्यक्ष ई.यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ